Wednesday, December 14, 2022

बट्टार सहकारीको सेयरपुँजी पाँच करोड माथि

नुवाकोट । 

नुवाकोटको विदुर नगरपालिका वडा नं ४ बट्टारमा रहेको बट्टार सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले चालु आर्थिक वर्ष २०७९/८० को निती, कार्यक्रम र वजेट तथा गत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । 

सभामा संस्थाका अध्यक्ष ओमप्रकाश श्रेष्ठले गत आर्थिक वर्ष सम्ममा संस्थामा ५ करोड ४१ लाख ९४ हजार ६ सय रुपैयाँ सेयर पुँजी र ४१ करोड २० लाख ८२ हजार रुपैयाँ खुद वचत संकलन गरेको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । यस्तै संस्थाले गत आर्थिक वर्षमा ३३ करोड १२ लाख ७६ हजार रुपैयाँ खुद ऋण लगानी गरेको वताईएको छ ।संस्थाले चालु आर्थिक वर्षमा ६ करोड ८३ लाख रुपैयाँ सेयर पुँजी संकलन गर्ने र ४३  करोड रुपैयाँ वचत संकलन गर्ने लक्ष्य राखेको ब्यवस्थापक हरिप्रसाद जोशीबाट प्रस्तुत अनुमानित कार्यक्रम तथा वजेटमा जनाईएको छ । कार्यक्रममा समिति संयोजक नवराज न्यौपालेले संस्थाको दैनिक प्रशासनिक र आर्थिक कृयाकलाप व्यवस्थित र पारदर्शि पाईएको वताएका छन् । 

साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बट्टार सहकारीले यस क्षेत्रमा लघु तथा घरेलु उद्योग र ब्यवसाय गर्नेहरुको आर्थिक हितका लागि कार्य गरेको वताए । देशको आर्थिक विकासका लागि सरकार, निजी क्षेत्र र सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहने भएकोले संस्थाले थप कार्यक्रम ल्याई सदस्यको हितमा काम गर्न प्रमुख श्रेष्ठले सुझाव दिएका छन् । साधारणसभामा संस्थाको स्थापना र सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेका सदस्य तथा कर्मचारीहरुलाई सम्मानित समेत गरिएको छ । 

कार्यक्रममा ज्येष्ठ सदस्य सम्मानबाट तिलकवहादुर लवट, पूर्वअध्यक्षको तर्फबाट विजयमानसिंह डंगोल, पुर्वसञ्चलकको तर्फबाट कृष्णलाल श्रेष्ठ, र रामबहादुर प्रधान, पूर्व कर्मचारी विश्वंभरमानसिंह डंगोललाई सम्मानित गरिएको छ । यस्तै, यस वर्ष उत्कृष्ट कार्यसम्पादन गरेबापत संस्थामा कार्यरत सहब्यवस्थापक विकास अर्याललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको छ । 

२०५३ सालमा विदुर नगरपालिकाका व्यवसायीहरुको सकृयतामा स्थापना भएको बट्टार सहकारीमा हाल १ हजार ८ सय १५ जना सेयर सदस्य रहेका छन् । 


No comments:

Post a Comment