Friday, April 26, 2024

आजबाट धुव्र अमात्य स्मृति कप

 

नुवाकोटमा आजबाट स्वर्गीय धुव्र अमात्य स्मृति कप नुवाकोट जिल्ला क्लब स्तरीय फुटवल प्रतियोगिता शुरु हुँदैछ । 

प्रतियोगिताको आज दिउँसो पुर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले उद्घाटन गर्दै हुनुहुन्छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा शुरु हुन लागेको प्रतियेगितामा जिल्लाका दशवटा क्लवहरु सहभागी हुँदैछन् । प्रतियोगिताको विजेताले एकलाख रुपैयाँ नगद, टफ्री, मेडल र प्रमाणपत्र पाउने आयोजक बट्टार युथ क्लबका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । यस्तै प्रतियोगितामा दोस्रो हुनेले पचास हजार रुपैयाँ नगद, टफ्री, मेडल र प्रमाणपत्र पाउने यसअघि क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा म्यान अफ दी म्याच, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक, उकृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्ता समेतले ट्रफी हात पार्ने आयोकजकले जानकारी दिएको छ ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक भईसकेको छ । प्रतियोगितामा करिव साढे सात लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । बट्टार युथ क्लबका पुर्व खेलाडी स्वर्गीय धुव्र अमात्यको स्मृतिमा क्लबस्तरीय फुटवल प्रतियोगिता हुन लागेको हो । 

No comments:

Post a Comment