Wednesday, February 16, 2022

केसी परिवार : राजनीति र समाजसेवा साथसाथै


४ फागुन, २०७८ । 

नुवाकोट/ राजनिती र समाजसेवा एक अर्काको पर्याय मानिन्छन । समाजसेवाको बाटो हुँदै राजनितिमा प्रबेश गर्नु सामान्य जस्तै छ । राजनितीक कृयाशिलता सङै समाजसेवाको पाटो भने भुल्ने आम चलन विभिन्न दल र नेतृत्वमा रहने गरेको पाइन्छ  । तर, नेपाली कांग्रेसको जिल्ला र केन्द्रीय तहमा बलियो पकड बनाएका कांग्रेस नेता अर्जुननरशिंह केसीको परिवार भने अपवादको रुपमा रहेको छ । 

केसी परिवारले आफ्ना दिबङत आमाबाबुको स्मृतीमा स्थापित यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रस्ट मार्फत जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रमा सक्रियता देखाउँदै आएको हो । पछिल्लो समय कोरोना महामारीको संक्रमण बढेसँगै ट्रस्टले जिल्लाका स्थानीय तहहरुमा महामारीको क्षति न्युनिकरणका लागि विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै आएको हो । यसक्रममा बुधवार किस्पाङ  गाउपालिकाको काउले स्वास्थ्य चौकिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । गाउँपालिका उपप्रमुख मायादेबि न्यौपाने र वडा अध्यक्ष अमृत तामाङ मार्फत सामाग्री हस्तान्तरण गरिएको हो । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै ट्रस्टका प्रमुख डा. केदारनरसिंह केसीले बिपदको समयमा सामाजिक दायित्वबोध गर्दै सामाग्री बितरण गरिएको वताए । आज काहुले स्वास्थ्यचौकीका लागि सिटामोल २ हजार पत्ता, माक्स २५ सय प्याकेट, साबुन २ सय प्याकेट र एक सय थान गाउन हस्तान्तरण गरेका छौ–केसीले भने । कोरोना संक्रमण शुरु भएदेखि संस्थाले जिल्लाका सबै स्वास्थकर्मीलाई पिपिइ सेट तथा स्वास्थ्य संस्थामा आवस्यक थर्मोमिटर, मास्क, स्यानिटाईजर लगायत सामाग्री हस्तान्तरण गरिएको ट्रस्टका महासचिव जगदिश्वर नरसिंह केसीले जानकारी दिए । स्वास्थ्य सामाग्री बुझ्दै गाउँपालिका उपप्रमुख मायादेबि न्यौपानेले विपदको समयमा ट्रस्टले गरेको सहयोग प्रशंसनिय रहेको बताईन । 


तीन दशक भन्दा लामो समय जिल्लाको विभिन्न तहको राजनीतिमा महत्वपूर्ण भुमिकामा रहेका कांग्रेस नेता अर्जुननरशिह केसी सहित विभिन्न पेशा ÷ ब्यबसायमा रहेका ६ जना दाजुभाइले ब्यक्तिगत रुपमा उठाउने रकम र ब्यक्तिगत समन्वयमा प्राप्त सामाग्री रु जिल्लाका विभिन्न स्थानमा सहयोग गर्दै आएको छ । संस्थाले पछिल्लो पाच बर्शको अबधिमा दुई दर्जन भन्दा बढि स्थानमा स्वास्थ्य शिबिर सम्पन्न गरि नागरिकलाइ सेवा प्रदान गरेको महासचिव केसीले जानकारी दिए ।  


No comments:

Post a Comment