Sunday, November 12, 2023

फुटसलको उपाधि युनाईटेडलाई

नुवाकोट । २५ कार्तिक 

नुवाकोटको विदुर नगरपालिका ५ पिपलटारमा सम्पन्न पिपलटार कप फुटसलका विजयी समुह तथा उत्कृष्ट खेलाडिलाई पुरस्कृत गरिएको छ । पिपलटार फुटबल क्लबको आयोजनामा भएको जिल्लास्तरीय फुटसल प्रतियोगितामा नुवाकोट युनाइटेड फुटबल क्लबले उपाधि जितेको हो । फाईनल खेलमा युनाइटेडले मुस्ताङ एफसिलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

विजयी प्रथम र द्वितीयले क्रमशः ३३ हजार ३३३ र १३ हजार ३३३ नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष उद्वव पनेरुले जानकारी दिए । विजयी र विधागत उपाधी हासिल गरेका खेलाडी, समुह र प्रशिक्षकलाई बागमती प्रदेशसभा सदस्य रमेशकुमार महत, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य ताराबहादुर कार्की, नेपाली कांग्रस नुवाकोटका उपसभापति राजु थापाले संयुक्तरुपमा नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् । 

प्रतियोगितामा पिपलटार फुटबल क्लबका खेलाडी युकेश पनेरुले उदयमान खेलाडी घोषित भए । उत्कृष्ट खेलाडि मुस्ताङ एफसिका सन्तबहादुर तामाङ र नुवाकोट युनाईटेडका विकास लामिछाने सर्वाधिक गोलकर्ता खेलाडी घोषित भए । नुवाकोट युनाईटेडका द्वय मनिष कुमाल उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलरक्षक आकाश रानामगर भए । यसैगरी अनुशासित समुह पिपलटार युनाईटेड फुटबल क्लब भए । प्रतियोगितामा जिल्लाभरका २१ क्लबको सहभागिता रहेको थियो । 


No comments:

Post a Comment