Monday, April 25, 2022

नुवाकोटमा सत्ता गठबन्धन औपचारिक रुपमै तोडियो, माओवादी केन्द्र र समाजवादीवीचमात्र गठबन्धन

नुवाकोट । बैशाख १२
सत्तापक्ष विचमा गठबन्धन गर्ने लामो प्रयास असफल भएपछि नुवाकोटमा नया“ गठबन्धन बनेको छ । नेकपा माओवादी र समाजवादीविचमा ९ वटा पालिकाको लागि गठबन्धन बनेको हो । 

भर्खरै भएको सहमती अनुसार जिल्लाको १२ वटा पालिकामध्ये बेलकोटगढी नगरपालिका, ककनी, पञ्चकन्या, लिखु, सुर्यगढी, दुप्चेश्वर, म्यागङ, किस्पाङमा माओवादीबाट प्रमुख रहने गरी सहमती भएको हो । शिवपुरीमा नेकपा समाजवादीको तर्फबाट अध्यक्षमा उमेदवारी दिन सहमती भएको छ । तादीमा मित्रवत प्रतिष्पर्धा गरिने जनाईएको छ । विदुर नगरपालिका र तारकेश्वरमा के गर्ने भन्ने सहमती भएको छैन । यसअघि, एमालेले जितेको यी दुई तहमा माओवादी केन्द्र र समाजवादी दुई दलमात्र मिलेर लड्न नसक्ने देखेपछि कांग्रेसलाई सहयोग गर्ने देखिएको छ ।  


No comments:

Post a Comment