Wednesday, December 14, 2022

ग्लोवल सहकारीको बचत संकलन १३ करोड माथि

नुवाकोट, २८ मंसिर । 

नुवाकोटको विदुर नगरपालिका वडा नं ४ बट्टारमा रहेको ग्लोवल उपभोक्ता सहकारी संस्था लिमिटेडको एघारौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले चालु आर्थिक वर्ष २०७९/८० को निती, कार्यक्रम र वजेट तथा गत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । 

सभामा संस्थाका अध्यक्ष सुरेन्द्र श्रेष्ठले गत आर्थिक वर्ष सम्ममा संस्थामा १ करोड ८६ लाख १३ हजार ८ सय रुपैयाँ सेयर पुँजी र १३ करोड ५ लाख २४ हजार रुपैयाँ वचत संकलन गरेको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । कोषाध्यक्ष देवनारायण चित्रकारबाट प्रस्तुत अनुमानित वजेट तथा कार्यक्रम अनुसार संस्थाले चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ सेयर पुँजी संकलन गर्ने र १६ करोड रुपैयाँ वचत संकलन गर्ने लक्ष्य राखेको छ ।  संस्थाले गत आर्थिक वर्षमा १३ करोड १९ लाख ३० हजार रुपैयाँ कर्जा लगानी र अन्य क्रियाकलापबाट गरि कुल ४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको जनाईएको छ ।  कार्यक्रममा समिति संयोजक सरोज डंगोलले संस्थाको दैनिक प्रशासनिक र आर्थिक कृयाकलपाल व्यवस्थित र पारदर्शि पाईएको वताएका छन् । 

२०६८ सालमा विदुर नगरपालिकाका युवाहरुको सकृयतामा स्थापना भएको ग्लोवल सहकारीमा हाल १ हजार ९ सय ९ जना सेयर सदस्य रहेका छन् । संस्थाले वचत संकलन र ऋण परिचालनको अतिरिक्त विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको पूर्व अध्यक्ष सुदर्शनमान दुवालले वताए । 


No comments:

Post a Comment