Monday, May 16, 2022

रसुवा अपडेट–कालिका गाउँपालिकामा कांग्रेसको नेतृत्व

नुवाकोट 

२ जेठ

रसुवाको कालिका गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिकृष्ण देवकोटा निर्वाचित भएका छन् । उपाध्यक्ष कांग्रेसकै मिरा तामाङ निर्वाचित भएकी छिन् । देवकोटाले २ हजार ६ सय २२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।  उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले २ हजार २ सय ८३ मत प्राप्त गरे । उपाध्याक्ष पदमा विजयी तामाङले २ हजार ८ सय १० मत प्राप्त गरेकी छिन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्ट पौडेलले २ हजार २ मत प्राप्त गरिन् । निर्वाचन अधिकृत अशोक रेग्मीका अनुसार यहाँका ५ वडामध्ये वडा नम्बर १ बाहेक सबैमा कांग्रेसले जितेको छ । वडा नम्बर १ मा भने नेकपा माओवादी केन्द्रले जितेको छ । कालिका गाउँपालिकामा यसअघि नेकपा एमालेले जितेको थियो । एमालेकी तत्कालिन अध्यक्ष सिता अधिकारी यस पटक कालिका २ बाट वडा सदस्यमा उठेर पराजित भएकी छिन् । 


No comments:

Post a Comment