Monday, May 16, 2022

तादी अपडेट–गाउँपालिका अध्यक्षमा कांग्रेसका सन्तमान तामाङ

 नुवाकोट 

२ जेठ

नुवाकोटको तादी गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । पालिका अध्यक्षमा नेपाली कांग्रेसका सन्तमान तामाङ विजयी भएका छन् । तामाङ यसअघिको स्थानीय तह निर्वाचनपछि नुवाकोटको जिल्ला समन्वय समितिका प्रमुख रहेका थिए । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सञ्जु प्याकुरेल श्रेष्ठ निर्वाचित भएकी छिन् । 

तामाङले ३ हजार २ सय ४१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी माओवादी केन्द्रका किरणकुमार रिजालले २ हजार ५ सय १८ मत प्राप्त गरे । नेकपा समाजवादीका उमेदवार कृष्णप्रसाद लामिछानेले १ हजार ९ सय ८० मत प्राप्त गरे । यस्तै नेकपा एमालेका विजयकुमार खनालले १ हजार ८ सय ३० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा प्याकुरेल ३ हजार ३ सय ९७ मत सहित विजयी भएकी हुन् । प्रतिष्पर्धी नेपाली कांग्रेसकी ईश्वरी उप्रेतीले २ हजार ७ सय ७८ मत प्राप्त गरिन् । यहाँ सत्तापक्षका दलहरुविच गठबन्धन वन्न नसकेपछि सवै दल एक्लै प्रतिष्पर्धामा उत्रिएका थिए । 

गाउँपालिकाको वडा नम्वर १ मा नेपाली कांग्र्रेसका नकुर दोङ तामाङ, वडा नम्बर २ मा माओवादी केन्द्रका बच्चुराम तामाङ वडा नम्बर ३ मा कांग्रेसका सोनाम थिङ तामाङ, वडा नम्बर ४मा माओवादी केन्द्रका अस्मिन कुमार पाण्डे, वडा नम्वर ५ मा नेकपा एमालेका सरोज भण्डारी र वडा नम्बर ६ मा माओवादी केन्द्रका शेरमान तामाङ निर्वाचित भएका छन् । 

तादी गाउँपालिकाको १० हजार ८ सय ५६ मत खसेको थियो । वडा न १ मा २ हजार ७३, वडा नं २ मा १ हजार ८ सय ७९, वडा न ३ मा २ हजार २ सय ६३, वडा नं ४ मा १ हजार ६सय ३९, वडा नं ५ मा १ हजार ४ सय ८९ र वडा न ६ मा १ हजार ५ सय १३ मत खसेको हो । 


No comments:

Post a Comment