Monday, May 16, 2022

तारकेश्वर अपडेट–वडा नं १ मा नेपाली कांग्रेसका चक्रवहादुर तामाङको प्यानलनै निर्वाचित

नुवाकोट 

२ जेठ

नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका उमेदवारहरु विजयी भएका छन् । वडाअध्यक्षमा चक्रवहादुर तामाङ सहित चारजना सदस्य नै कांग्रेसबाट निर्वाचित भएका हुन् । निर्वाचित तामाङले ९ सय ५१ मत प्राप्त गरेका छन् । यसअघि वडा नं ३ मा नेपाली कांग्रेसका उमेदवार गणेश श्रेष्ठ विजयी भएका थिए । श्रेष्ठको १ हजार १ सय २८ मत आएको छ । त्यहाँपनि कांग्रेसको प्यानलले नै निर्वाचन जितेको छ । यस्तै, वडा नं ५ मा नेपाली कांग्रेसका उमेदवार अशोक तामाङ ७ सय २७ मत सहित अध्यक्षमा निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार शिव अधिकारी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उमेदवार हरि रिमाल निर्वाचित भएका छन् । 


No comments:

Post a Comment