Saturday, September 9, 2017

BREAKING NEWS

काठमाडौ बाट नुवाकोट को खरानिटार जाँदै गरेको बस गुरुङगाउँ नजिक दुर्घटना ३ जना को घटनास्थलमै मृत्यु !
थप विबरण आउदै

Wednesday, September 6, 2017

नेपाल आइडल रोक्न अदालतको अन्तरिम आदेश (आदेशसहित)

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल आइडलको भोट गणना गर्ने कार्य नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायधीय दिवाकार भट्टको एकल इजालशले नेपाल आइडल विरुद्ध परेको रिटमा सुनुवाई गर्दै बुधबार यस्तो अल्पकालीन अन्तरिम आदेश दिएका हुन् ।
अदालतले सो मुद्दाको विपक्षी नेपाल आइडल सञ्चालन गर्ने एपी वान टिभीलाई भदौ २३ गते बिहानको १० बजे भोटिङ लगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुन आदेश दिएको हो ।
नेपाल आइडलमा भोटिङ गणना एक पक्षीयरुपमा गरेर करार उल्लंघन गरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले गत सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए ।
रिट निवेदक न्यौपानेले करार ऐन २०५६ को दफा ८७ को उपदफा १ र २ बमोजिम आइडल विरुद्ध मुद्दा दायर गरेका थिए ।
२३ गते दुबै पक्षको बहसपछि अदालतले नेपाल आइडलको निरन्तरताको पक्ष वा विपक्षमा फैसला गर्ने छ । क्लिकमान्डु अनलाइन बाट 

रेड पान्डाको छाला सहित नुवाकोटका युबा पक्राउ

भदौं २१ । रेडपाण्डाको छाला सहित नुवाकोटका ५ जनालाई काठमाडौ प्रहरीले पक्राउ गरेको छ । 
रेडपाण्डाको छाला कारोबारीमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेमा शिवपुरी गाँउपालिका खोलेगाउ घर भएका २३ बर्षका रामकुमार तामाङ, गुर्जेभन्ज्याङका ४३ बर्षका सन्तोष तामाङ, तादी गाँउपालिका वडा नम्बर १ उर्लेनीका २७ बर्षका अशोक तामाङ, २० बर्षीय नबिन तामाङ र १६ बर्षीय शिव तामाङलाई प्रहरीले २ थान रेड पाण्डाको छाला सहित पक्राउ गरेको छ । 
महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौको मनमैजु र तार्केश्वर नगरपालिकाको नयाँपुल भन्ने स्थानबाट उनीहरुर्लाइ रङ्गेहात पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको साथबाट दुई थान रेडपान्डाको छाला बरामद गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
रेडपण्डा अर्थात रातोहाब्रेलाई विश्वकै दुर्लभ बन्यजन्तुको रुपमा नेपालमा संरक्षित बन्यजन्तुको रुपमा बर्गिकरण गरिएको छ । 

Tuesday, September 5, 2017

काठमाडौंको फोहोर फाल्न ओखरपौवावासीको अवरोध

काठमाडौँ उपत्यकाको फोहोर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अनिश्चित समयका लागि बन्दको घोषणा गरेका छन् ।
प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा बासिन्दाले फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयवासीको अवरोधले सोमबार साँझ र मंगलबार बिहान आएका ८५ गाडीलाई फोहोर विसर्जन गर्न दिएर अनिश्चित समयका लागि बन्द गरेको भन्दै सडक ठप्प बनाएको ककनी गाउँपालिका–२ ओखरपौवाका वडाध्यक्ष केदार पौडेलले बताए । 'फोहोरको विसर्जनबाट ९०० मिटर दूरीमा पर्ने आवास र गोठका अति प्रभावितलाई प्रतिस्क्वायर मिटर वार्षिक रु ५० दिँदै आएकामा नयाँ आवदेखि घटाएकाले विरोधमा अवरोध गर्नुपरेको हो', पौडेलले भने, 'फोहोरको वैज्ञानिक व्यवस्थापन नहुँदा प्रभावित क्षेत्रको दूरी र वार्षिक मुआब्जा वृद्धिको माग भइरहेको समयमा त्यसलाई निस्तेज बनाउन महानगरपालिकाले गरेको निर्णय अमान्य छ ।' 
एक साताअघि भएको सहमतिको कार्यान्वयन नभएको, मुआब्जाको सीमा र रकम शुल्क घटाएको विरोधको माग सम्बोधन नभएसम्म फोहोर फाल्न नपाउने भन्दै फोहोर बोकेका गाडी नल्याउन स्थानीयवासीले सचेत गराएका छन् । 
काठमाडौँ महानगरपालिकाले तीन वर्षका लागि प्रस्ताव गरेको ओखरपौवाको सिसडोलमा तेह्र वर्षदेखि फोहोर फालिँदै आएको छ । स्थानीयवासीले उठाएका वैज्ञानिक रुपमा फोहोर विसर्जन, लिचडको प्रशोधन, फोहोर फ्याँक्ने आउने मूल सडकको स्तरोन्नति र गाउँको शाखा सडक कालोपत्र हुनुपर्ने माग महानगरपालिकाले एक साताभित्र पूरा गर्न यही भदौ १३ गते जनाएको प्रतिबद्धता पूरा नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको स्थानीयवासीले बताएका छन् । 

फोहोर फ्याँक्न सिसडोलबाट एक हजार ९०० मिटरको दूरीमा पर्ने वैकल्पिक स्थान बञ्चरेडाँडामा पूर्वाधार निर्माण र प्रभावित बासिन्दाका लागि पन्ध्र श्यया क्षमताको अस्पतालको निर्माण सुरु गर्नुपर्ने माग पनि प्रभावित बासिन्दाले उठाएका छन् । काठमाडौंमा दैनिक उत्पादन हुने करिब एक हजार ५०० टन फोहोरको विसर्जन सिसडोलमा गरिँदै आएको छ ।

नुवाकोट र रसुवाका एक दर्जन चेक पोष्टले किन थाहा पाएनन् सुन गएको

नुवाकोट सन्देश संवाददाता । रसुवागढी नाकादेखि काठमाडौंसम्म प्रहरीका १२ वटा चेकपोस्ट छन् । ती चेकपोस्ट सजिलै पार गर्दै बा.१७च ६४२७ नम्बर गाडीका मालिक चिनियाँ नागरिक जिया क्विङ ८८ केजी सुन काठमाडौंसम्म ल्याउन सफल भए ।
कतिसम्म भने सुन गाडीका पार्टपुर्जामा लुकाइएको थिएन, पछाडिको भागमा राखेर ल्याइएको थियो । उनले हरेक साताजसो चीनबाट सुन ल्याउँदै आएका थिए । सोमबार बिहान चालक मनोज अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि मात्र उनको शृंखलाबद्ध सुन तस्करीको रहस्य खुलेको हो ।
महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट तस्करीको ८८ केजी सुन बरामद गरेको हो ।
सुन तस्करीका मुख्य नाइके क्वाङ भने फरार भएका छन् । एकैपटक करिब ४३ करोड रुपैयाँबराबरको सुन बरामद भएकाले यसमा राज्यका विभिन्न निकायलाई प्रभाव पार्न सफल ठूलै गिरोह संलग्न रहेको प्रहरी आशंका छ ।
महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द मुख्य तस्करहरू खोज्न आफूहरूले पक्राउ परेका चालकलाई संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको बताउँछन् । संगठित अपराध मुद्दामा प्रहरीले ६० दिनसम्म अभियुक्तलाई हिरासतमा राखी कारबाही गर्न सक्छ ।
समूहबीचको विवादले खुल्यो राज
आइतबार दिउँसो धेरैवटा प्रहरी कार्यालयले रसुवागढीबाट ठूलो मात्रामा तस्करीको सुन बोकेको गाडी क्षेत्रपाटीमा हुने सुराकी दिएका थिए । स्रोतका अनुसार तस्करीमा संलग्न चिनियाँ गिरोहसँग विवाद भएका नेपालीहरूको अर्को समूहले प्रहरीलाई सो सुराकी दिएको थियो ।
सोही आधारमा प्रहरी टोली खटिएको थियो । महाशाखाबाट खटिएको टोलीले सुन भएको गाडी नियन्त्रणमा लिन सफल भएको हो । टाटा स्ट्रोम ब्रान्डको गाडीभित्र लुकाइएका ८८ वटा सुनका बिस्कुट प्रहरीले बरामद गरेको थियो । ‘यसबाट अनुमान लगाउन सकिन्छ भने यो तस्करीमा एक–दुईजना मात्र होइन, ठूलै गिरोह आबद्ध भएको हुनुपर्छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका एसएसपी दिवेश लोहनीले भने ।

Monday, September 4, 2017

स्थापना दिवसमा रेडक्रसद्धारा फलफूल वितरण


नुवाकोट सन्देश संवाददाता
विदुर, भाद्र १९ ।५५ औ नेपाल रेडक्रस दिवस नुवाकोटमा पनि मनाईएको छ । दिवसको अवसरमा जिल्ला शाखाले जिल्ला अस्पताल त्रिशूलीका बिरामी हरुलाई फलफूल बितरण गरियो । अस्पतालमा उपचार गराईरहेका ७० जना विरामीलाई फलफूल वितरण गरिएको हो ।
प्mलफूल वितरण पछि आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले रेडक्रसले मानवीय सेवामा अतुलनिय कार्य गरेको वताउनुभयो । अन्तराष्ट्रिय अभ्यास अनुसार नेपालका रेडक्रसले पनि विशुद्ध मानविय सेवामा आफूलाई पूर्ण समर्पित गर्नुपर्ने तामाङले जोड दिनुभयो । कार्यक्रममा बिदुर नगरपालिकाका मेयर सन्जु पन्डितले विपद ब्यवस्थापन, राहत र पुनस्र्थापनामा रेडक्रसको भूमिकाको चर्चा गर्नुभयो ।  जिल्ला शाखा सभापति सुरथवहादुर चित्रकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य जगदिश फुयाल, त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष पारस अधिकारी लगायतका साथै रेडक्रसकर्मीको सहभागिता रहेको थियो ।





नुवाकोटमा अवैध रुपमा बालुवा झिक्ने स्काभेक्टर दुर्घटना हुँदा चालक बेपत्ताव

भदौ १९, नुवाकोट । बेलकोटगढी नगरपालिका–७ रातमाटेमा अवैधरुपमा त्रिशूली नदीबाट बालुवा उत्खनन गर्ने स्काभेक्टर दुर्घटना हुँदा धादिङका सुरेश तामाङ बेपत्ता भएका छन् ।आइतबार राती नदीबाट अवैधरुपमा बालुवा उत्खनन गरिरहेको स्काभेक्टर नदीमा भासिदा महादेवस्थानको तसर्पुका २९ वर्षका चालक तामाङ हराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिनुभयो ।“चालकले भाँसिएको स्काभेक्टरको झ्यालको ढोका फुटाएको देखिएकाले निस्किएर नदीमा बेपत्ता भएको हुनसक्ने अनुमान गरेका छौँ ।” एसपी बस्यालले भन्नुभयो “नदीमा खोज्ने र सञ्चालकसँग समेत बुझ्ने काम भइरहेको छ ।”घटना राति १ बजेको भए पनि प्रहरीले भने बिहान ७ बजे मात्र जानकारी पाएको जनाएको छ । जालपादेवी बालुवा प्रशोधन उद्योग प्रालिको रुपमा सञ्चालनमा रहेको कम्पनीले नदीबाट रातको समयमा अवैधरुपमा बालुवा उत्खनन गर्ने गरेको प्रहरीले जनाएको छ । कम्पनीका लगानीकर्ता सातजना रहेकाले उनीहरुलाई कारबाहीको लागि अनुसन्धान भइरहेको र हराएका व्यक्तिको समेत खोजी जारी रहेको प्रहरीले जनाएको छ ।अवैधरुपमा नदीबाट बालुवा झिक्ने कार्य नियन्त्रण नहुँदा मजदुर नदीमा बगेर तथा पुरिएर हराउने क्रम वृद्धि हुँदै गएको छ । जिल्लाको त्रिशूली, तादी, लिखु, कोल्प, सामरी सलाखु, फलाखुलगायतको खोलामा ‘हेभी इक्युमेन्ट’ प्रयोग गरी अवैधरूपले बालुवा उत्खनन हुँदै आएको छ । रासस

क्षेत्रपाटीबाट बरामद ८८ किलो सुन केरुङ नाकाबाट भित्रिएको आशंका

१९ भदौ, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट बरामद भएको ८८ किलो सुन केरुङ नाकाबाट भित्रिएको आशंका गरेको छ ।
सोमबार बिहान प्रहरीले क्षेत्रपाटीमा पार्किङ गरिराखेको गाडीबाट सुन बरामद गरेको थियो । यसबारे अनुसन्धान सुरु भएको छ । सुन एकैपटक बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो । यसअघि विमानस्थलबाट भित्रिएको ३५ किलो बरामद भएको थियो ।
एक प्रहरी उच्च अधिकारीका अनुसार यो सुन भने केरुङ नाकाबाट भित्रिएको आशंका गरिएको छ । ‘थप अनुसन्धान भइरहेको छ’ उनले भने ।
बरामद भएको सुन अहिले महानगरीय प्रहरी अपराध महाशाखामा राखिएको छ । अनलाइन खबर बाट