Monday, March 11, 2024

सहकारीको ऋण चुक्ता गर्न बागमती सरकारको निर्देशन, समयमा भुक्तानी नगरे जायजेथा रोक्का हुने

बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारीबाट लिएको  ऋण तिर्न  सदस्यहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै सहकारीबाट ऋण लिएर तिर्न आलटाल गर्ने सदस्यहरुलाई समयमा ऋण चुक्ता गर्न निर्देशन दिएको हो । सदस्यबाट बचतको रुपमा लिएको रकम नै कर्जाको  रुपमा  लगानी गर्ने भएकाले समयमा उकत रकम भुक्तानी गर्न मन्त्रालयले भनेको छ ।

सदस्यहरुले समयमा नै आफुले भुक्तान गर्नुपर्ने  ऋणको साँवा तथा ब्याज विभिन्न बहानाबाजी गरेर तिर्न आलटल गर्दै आएको भन्दै मन्त्रालयले ऋणको साँवा ब्याज भुक्तानी गर्न भनेको  हो । पछिल्लो समय केही पक्षले सहकारीबाट लिएको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगर्ने परपार्टीले सदस्यहरुको बचत फिर्ता गर्न संस्थाहरुलाई असहज भएकाले ऋणी सदस्यलाई तत्काल ऋणको साँवा ब्याज तिर्न मन्त्रालयले भनेको छ । सहकारी संस्थाबाट ऋण लिएका ऋणीहरुले तोकिएको. समय भित्र ऋणको साँवा ब्याज भुक्तानी नगर्दा सदस्यहरुलाई बचत फिर्ता गर्न समेत संस्थाहरुलाई समस्या परेको छ ।

तसर्थ ऋणी सदस्यले समयमा नै ऋण भुक्तानी नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा बागमती प्रदेश सहकारी ऐन २०७६, को दफा ६५ र ६६ बमोजिम ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने मन्त्रालयको सूचनामा उल्लेख छ । प्रचलित ऐन, नियमवाली, निर्देशन तथा मापदण्डको. बर्खिलाप नहुने गरी संस्थासँग  गरेको सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो भने साही बमोजिम ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तानी गर्न मन्त्रलायले आग्र्ह गरेको छ । ऋणको साँवा ब्याज भुक्तानी गरी वर्तमान समयमा सहकारीमा देखिएको समस्या समाधान गर्न ऋणी सदस्यलाई मन्त्रालयले अनुरोध गरेको छ । 

No comments:

Post a Comment