Sunday, September 25, 2022

त्रिशूली सहकारीको वचत संकलन छब्बिस करोड भन्दा बढि

नुवाकोट, ९ असोज । 

त्रिशूली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ त्रिशूलीमा रहेको सहकारीको साधारणसभाले संस्थाको वार्षिक निती, कार्यक्रम र बजेट पारित गरेका छ । 

साधारणसभामा सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठले संस्थाको निती, कार्यक्रम तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । नुवाकोट जिल्लाभर कार्यक्षेत्र रहेको सहकारीमा ५ सय २० महिला सहित २ हजार १ सय सेयर सदस्यको ४ करोड २ लाख ४१ हजार २ सय रुपैयाँ सेयर पुँजी रहेको अध्यक्षको प्रतिवेदनमा जनाईएको छ । यस्तै, सहकारीले आर्थिक वर्ष २०७८÷०८९ मा २६ करोड ७४ लाख ६२ हजार ९२ रुपैयाँ वचत संकलन र २६ करोड ३१ लाख ६९ हजार १ सय ५२ रुपैयाँ कर्जा लगानी गरेको कोषाध्यक्ष नाथलाल डंगोलको प्रतिवेदनमा जनाईएको छ ।  

वार्षिक साधारणसभाको जिल्ला समन्वय समिति नुवाकोटका अध्यक्ष राजिन्द्रविक्रम ठकुरी र जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा समन्वय प्रमुख ठकुरी, संघका अध्यक्ष न्यौपाने, राष्ट्रिय सहकारी वैंकका शाखा प्रवन्धक प्रदिप अर्याल, नगर सहकारी समन्वय समितिका अध्यक्ष नविन्द्रमान प्रधान लगायतले शुभकामना मन्तब्य दिएका थिए । साधारणसभामा सहकारीमा विभिन्न क्षेत्रवाट योगदान पु¥याएका सदस्यहरुलाई सम्मान समेत गरिएको छ । 



No comments:

Post a Comment