Monday, May 16, 2022

विदुर अपडेट वडा नं १ को वडाध्यक्षमा एमालेका लेनिन विजयी

नुवाकोट ।

विजयको प्रमाणपत्र लिएपछि वडा नं १ का जनप्रतिनिधीहरु । तस्विर ः सुनिल श्रेष्ठ

२ जेठ

स्थानीय तह सदस्य निर्वाचनमा विदुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार लेनिन रञ्जित विजयी भएका छन् । वडा सदस्यमा मिश्रित परिणामसहित उनी निर्वाचित भएका हुन्।

मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईंटेलका अनुसार उनले ६९४ मत ल्याई निर्वाचित भएका हुन्। उनले ०७४ को स्थानीय तहको निर्वाचनभन्दा ३४ कम मत ल्याई अहिले विजयी भएका छन् । उनले गत निर्वाचनमा ७२८ मत ल्याएका थिए ।

यस्तै, गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका शंकर पाण्डेले ४८५ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश जोशीले ३०० मत प्राप्त गरेका छन् ।

नवनिर्वाचित रञ्‍जितले वडाबासीले जिताएको मतको विश्वासलाई समग्र वडाको विकासमा कार्य गर्ने बताए । उनले गत कार्यकालमा गरेका अधुरा कार्य पुरा गर्दै वडालाई सांस्कृतिक र पर्यटनमा विकास अघि बढाईने बताए। उक्त कार्यको लागि वडाका युवाहरुसँग सहकार्य गर्दै रोजगारीको सिर्जना गर्ने बताए। वडामा शहरी र ग्रामिण भूगोल रहेकोमा ग्रामिण भूगोलमा कृषिका कार्यक्रमहरु ल्याउने बताए।

महिला सदस्यमा नेपाली काँग्रेसकी भगवती राजभण्डारीले ५५७ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । यस्तै, महिला सदस्यमा एमालेकी कमला कुँवरले ५३८ र राप्रपाका सुष्मा अधिकारीले २१८ मत प्राप्त गरेकी छिन्।

दलित महिला सदस्यमा नेकपा एमालेकी विष्णुमाया कुँवरले ५३८ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । कुँवरले गत स्थानीय तहको निर्वाचनमा ५३३ मत ल्याई निर्वाचित भएकी थिईन् । यस्तै, दलित महिला सदस्यमा माओवादी केन्द्रका छलमाया कामीले २९० र राप्रपाकी सिता मिजारले २८३ मत प्राप्त गरेकी छिन्।

खुल्ला सदस्यमा नेकपा एमालेका रामगोपाल श्रेष्ठ र नेपाली काँग्रेसका निजेश श्रेष्ठ दुवैले ५०३ समान मत प्राप्त गरी निर्वाचित भएका छन् । यस्तै, खुल्ला सदस्यमा एकीकृत समाजवादीका अशोक श्रेष्ठले ३०, राप्रपाका द्वय जियाउल हक मियाले २६७ र माधव घिमिरेले ३८४, माओवादि केन्द्रका लिडर श्रेष्ठले ३३४ र एमालेका शिव खड्गेले ४५१ मत प्राप्त गरेका छन्।

१ नम्बर वडामा २ हजार ३३२ मतदाता रहेकोमा १ हजार ६०५ मत खसेको थियो । जसमा बदर ६ र १ निबिदा मत रहेको थियो।

No comments:

Post a Comment