Friday, January 20, 2023

आज कहाँ कहाँ पर्छ पानी ?

नुवाकोट, ५ माघ । 

बेल्कोटगढी ११ बाट बिदुर तर्फ ।

आज शुक्रबार सुदूरपश्चिम र कर्णालीका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले सुदूरपश्चिम र कर्णालीमा सामान्य बदली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। देशका बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतस् सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार बिहान मध्य तथा पूर्वी तराईका एकदुई स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। यस्तै दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।शुक्रबार राति भने देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतस् सफा रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।सुदूरपश्चिम र कर्णालीका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले तराईका भूभागमा बिहानीपख हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

No comments:

Post a Comment