Friday, January 20, 2023

शैक्षिक गुणस्तर सुधार्ने प्रतिबद्धता

नुवाकोट, ६ माघ । 

नुवाकोटको तारकेश्वर गाउँपालिकाका सरकारी विद्यालयले शैक्षिक गुणस्तर सुधारको प्रतिबद्धता जनाएका छन् । गाउँपालिकामा आयोजित विद्यालयहरुका प्रधानाध्यापकको नियमित बैठकमा सहभागीहरुले यस क्षेत्रको शैक्षिक गुणस्तर सुधारका लागि प्रतिबद्धता जनाएका हुन् । 

गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष शिव अधिकारीको सभापतित्वमा सम्पन्न बैठकमा कोरोना महामारीका कारण शिक्षण सिकाइमा भएको क्षतिको परिपूर्ति गर्ने, विद्यालयहरूका लागि गाउँपालिकाले छुट्याएको बजेटलाई यथाशीघ्र कार्यान्वयन गर्ने, एसईईको परीक्षा केन्द्र तारकेश्वरमै सञ्चालन गर्न पहल गर्ने, कक्षा ८ को परीक्षाका लागि बजेट निकासा गर्ने लगायत विद्यालयको शैक्षिक र प्रशासनिक सुधारका विविध विषयमा छलफल गरेका हो । छलफलमा भूकम्पपछिको पुननिर्माणले विद्यालयहरुका भौतिक संरचना सुविधासम्पन्न बनेसँगै अवको ध्यान शेक्षिक गुणस्तर वृद्धीमा केन्द्रित गर्न अध्यक्ष अधिकारीले निर्देशन दिएका छन् । 

 

No comments:

Post a Comment