Tuesday, August 23, 2022

नुवाकोटमा बन्दको प्रभाव सामान्य

नुवाकोट, भदौ ७ गते । 

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ दलले आह्वान गरेको नेपाल बन्दका कारण नुवाकोटको जनजीवन प्रभावित बनेको छ । आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको मागसहित बढ्दो मँहगी, भ्रष्टाचार नियन्त्रण, एमसीसी र एसपीपी खारेजीको माग राखी मंगलबार ४ दलले बन्दको आह्वान गरेका हुन् ।

बन्दका कारण पासाङल्हामु मार्गमा सञ्चालन हुने नुवाकोट र रसुवाका छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् ।  काठमाण्डौ प्रवेशका गर्ने नाकाहरु गुर्जेको लाकुरीभन्ज्याङ, कोल्पुटार हुँदै गल्छी नाकाबाट सञ्चालन हुने यातायात समेत प्रभावित भएको छ । नीजिी सवारी साधन र स्थानीय रुटमा चल्ने साना गाढीहरु भने संचालनमा रहेका छन् । बन्दका कारण कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए । नुवाकोट सदरमुकाम क्षेत्रका बजार पनि आंशिक खुलेका छन् । प्रायः उद्योग कलकारखाना, शैक्षिक संस्था बन्द छन् भने सरकारी कार्यालयमा सेवाग्रहीको उपस्थिती कमै छ । 


No comments:

Post a Comment