Thursday, May 18, 2023

समातिए नक्कली प्रहरी

नुवाकोट, ४ जेठ । 

प्रहरीको पोशाक तथा अन्य सामाग्री समेत दुरुपयोग गरी स्थानीयलाई त्रसित बनाउँदै आएका एक युवकलाई  विदुर ९ कोलोनीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । उनीसँग नेपाल प्रहरीको परीचय पत्र, वायरलेस सेट (वाकीट्वाकी) समेत रहेको पाईएको छ । 

आफूलाई प्रहरी बताउँदै स्थानीयमा भय र त्रास सिर्जना गर्दै आएको विशेष सूचनाको आधारमा ती युवकलाई मंगलवार दिउँसो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका ती युवकले आफ्नो नाम बिशाल तामाङ र घर बिदुर नगरपालिका वडा नं.१३ रहेको जानकारी दिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिईएका तामाङको साथमा एक सेट वाकीटकी, नेपाल प्रहरी संगठनको आधिकारीक लोगो प्रयोग गरी बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, बागमती प्रदेश–३ नुवाकोट लेखिएको २ वटा परिचय पत्र, नेपाल आर्मीको हतियार सहितको ड्रेस लगाएको फोटो १ थान, सशस्त्र प्रहरीको ड्रेस लगाएको पासपोर्ट साईजको फोटो भेटिएको प्रनाउ खड्काले वताए । उनलाई  जिल्ला अदालत नुवाकोटबाट लिखत सम्बन्धी कसुर (सरकारी छाप दस्तखत किर्ते) मुद्दामा दिन–७ म्याद लिई थप अनुसन्धान भईरहेको जनाईएको छ ।

यसैविच, बहुविवाह र बालविवाहको मुद्धामा फारार एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालतले ०७८ बैशाखमा बहु–बिबाह र बाल बिबाह मुद्दामा नुवाकोट जिल्ला अदालतबाट १ वर्ष ६ महिना कैद र पन्ध्र हजार जरिवाना फैसला भई फरार रहेका किस्पाङ ०३ का २५ वर्षिय बक्बिर तामाङलाई वुधवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


Wednesday, May 17, 2023

बागमती प्रदेशमा लामालाई चार मन्त्रालयको जिम्मेवारी

नुवाकोट । 

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामालाई थप तीन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । 

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । प्रदेश प्रमुख शर्माले सूचना जारी गर्दै मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा लामालाई थप मन्त्रालयको जिम्मेवारी दिइएको उल्लेख गर्नुभएको छ । 

बुधबार मन्त्री लामाले स्वास्थ्य मन्त्रालयमा स्वागतको क्रममा सम्पूर्ण कर्मचारीलाई एकबद्ध भई सेवा भावले काम गर्न र चुस्त दुरुस्त सेवा प्रदान गर्न निर्देशन दिनुभयो । निर्देशनकै क्रममा मन्त्री लामाले अहिलेको अवस्थामा राजस्व आशातितरुपमा उठ्न नसकेको कारण स्रोतको कमी भएको र समग्र विश्व नै आर्थिक सङ्कटमा परेको बताउनुभयो ।

बागमती प्रदेशको ११ मन्त्रालयमध्ये छ वटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त रहेका छन् । पाँच वटा मन्त्रालय मन्त्रीविहीन रहँदै आएको थियो । सत्तारुढ दलको बीचमा भागबण्डा नमिल्दा सरकारलाई पूर्णता दिन नसकेपछि मुख्यमन्त्री जम्कट्टेलले नेपाली कांग्रेसका नेता लामालाई नै थप तीन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । अझै पनि प्रदेशको दुई मन्त्रालय मन्त्रीविहीन अवस्थामै रहेको छ । 

बागमती प्रदेशमा पाँच वटा मन्त्रालय कांग्रेसले सम्हालेको छ भने माओवादी केन्द्रले चार मन्त्रालय सम्हाल्दै आएको छ । प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयमा अझै मन्त्री नियुक्त हुन सकेका छैनन् । यी मन्त्रालय भने मुख्यमन्त्री जम्कट्टेलले नै सम्हाल्दै आएका छन् ।

Sunday, May 7, 2023

टोखा–छहरे सुरुङमार्ग निर्माण सुरु गर्न लागेका छौँ : अर्थमन्त्री डा महत

नुवाकोट ।

अर्थमन्त्री डा प्रकाशरण महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्ग निर्माण कार्य थालनी गर्न लागिएको बताउनुभएको छ ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित गुरु पद्मसम्भवको आज मूर्तिको प्राण प्रतिस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुरुङमार्ग निर्माणका लागि धेरै पहिलेदेखि बहस भए पनि अब भने काम सुरु गर्न आवश्यक बजेटको विनियोजन गर्ने बताउनुभयो । “नुवाकोटसहित रसुवा हुँदै चीनसँगको केरुङ बजारसँगको व्यापार बढाउन टोखा–छहरे सुरुङ मार्गको परिकल्पना गरिएकाले कार्यान्वयनमा लैजान लागिएको हो ।” उहाँले भन्नुभयो, “कृषि र पर्यटनको विकास, उद्योग व्यवसायको वृद्धि, धार्मिक तथा सांस्कृृतिक गतिविधिलाई चलायमान बनाएर केरुङ हुँदै चीनसँगको व्यापार बढाउन के–कति सकिन्छ आगामी आर्थिक वर्षमा बजेट तर्जुमा गर्न लागिएको छ । यसलाई कार्य प्रारम्भका रुपमा लिनुपर्छ ।”

सङ्घीय सरकार आगामी आर्थिक वर्षको तयारीमा रहेकाले उत्पादक र ठूला योजनाका क्षेत्रमा बजेटले प्राथमिकता पाउने नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका डा महतको भनाइ छ ।

“विकास निर्माणलाई कांग्रेसले सदैव प्रथामिकता दिँदै आएको छ । जनताको सुखदुःख, विकास निर्माण, धर्म र संस्कृति तथा मानवीय जीवनसँग जोडिएका पक्षमा काम गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो, “अहिले अर्थतन्त्र अप्ठ्यारो परिस्थितिको भएकाले धेरै अपेक्षा नराख्न तर, राम्रा र नमुना कामको थालनी हुन्छ भन्नेमा ढुक्क हुनुहोस् ।”

दुप्चेश्वर–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित ‘गुरु पद्मसम्भव’ मूर्तिको प्राण प्रतिस्थापन गर्दै उहाँले बुद्धपछिको बुद्ध भगवान्का रुपमा सम्मानित भगवान् पद्म सम्भवको मूर्तिको स्थापनाले धार्मिक र सांस्कृतिक संरक्षणमा सहयोग पुग्ने बताउनुभयो ।

“दण्ड–जरिवाना गराउने कानुनभन्दा नैतिकवान बनाउने धर्म, संस्कार र मान्यताले हामी चलेका छौँ”, उहाँले भन्नुभयो, “हजारौँ वर्षदेखि मानिस एकअर्काप्रति सद्भाव कायम राख्दै जीवन चलाइरहेका छाँै । त्यो हाम्रो महान धर्म, संस्कृति र त्यसले सिकाएको पाठको नतिजा हो ।”

एक हजार दुईसय वर्षअघि बुद्ध धर्मको प्रचारमा तिब्बत र नेपाली भूमिमा योगदान पु¥याउनुभएका ‘गुरु पद्मसम्भव’लाई बौद्ध धर्मालम्वीले बौद्ध पछिको बौद्ध भगवान्को अवतारका रुपमा पुज्ने गरेका छन् ।  

उहाँले सिकाइको पाठलाई अनुशरण गर्दै बौद्ध दर्शन अध्ययन केन्द्रका रुपमा छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा ‘गुरु पद्मसम्भव’को मूर्ति प्रतिस्थापन गरिएको गुम्बा व्यवस्थापन समितिका सल्लाहकार योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

Saturday, May 6, 2023

जन्मे देखि ५ बर्ष सम्मका नानीबाबुहरुको तौल कती हुनुपर्छ ?

काठमाडौं। उमेर अनुसार हुनु पर्ने तौल नभएको अवस्थालाई नै कमतौल भनेर बुझ्नु पर्दछ । यसको मापन उमेर र उक्त उमेरमा हुनु पर्ने तौलको आधारमा गरिन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जन्मदा शिशुको तौल २।५ देखि ३।४ के।जी। हुनु पर्छ । बच्चा स्वस्थ भएमा उनको उमेर अनुसार उनीहरुको निश्चित तौल र उचाई हुनेगर्छ । यदि उमेर अनुसार तौल र उचाई घटबड भएमा बच्चामा कुनै स्वास्थ्यमा कुनै समस्या छ कि भनेर शंका गर्न सकिन्छ ।

बच्चाहरूको तौल र उचाइ उनीहरूको उमेर अनुसार छ भने बच्चा स्वस्थ र उनीहरुले पाउने आहार राम्रो छ भन्ने बुझ्न सकिन्छ । बच्चाहरु बढ्दै जाँदा उमेर र तौल बढ्नु सामान्य र जरुरी प्रक्रिया हो । उमेर अनुसार बालबालिकाको उचाइ र तौलको विकास भैरहेको छैन भने कतै केहि त कमी छ भन्ने बुझ्नुपर्ने हुन्छ । यसका लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।

कुन उमेरको बच्चाको तौल  कति हुनुपर्छ ?

के कारणले बच्चाको उमेर अनुसार तौल असन्तुलित हुनसक्छ ?

बच्चामा पौष्टिक आहारको कमी, क्यालरी नपुगेमा, राम्ररी खानेकुरा नखाइदिएमा, संक्रमण भएमा, पाचनप्रणालीमा समस्याले पनि  बच्चाको उमेर अनुसार  तौल असन्तुलित हुनसक्छ । त्यसबाहेक दीर्घरोग जस्तै मुटुमा प्वाल हुँदा पनि बच्चाको तौल नबढ्ने हुनसक्छ । उनीहरुमा पटक–पटक निमोनिया हुने मात्र नभई मुटुमा वाधा पर्ने गर्छ । पोषण चाहिने बेलामा अझ खान नसक्ने भएर तौल नबढ्ने हुनसक्छ ।

उमेर अनुसार तौल बढाउनका लागि बालबालिकाको डाइट चार्ट सबैभन्दा महत्त्वपूर्ण हुन्छ । राम्रो आहारविना बच्चाहरू बढ्न सक्दैनन् ।  बालबालिकाको तौल उनीहरुको खानामा भर पर्छ । बालबालिकालाई सुरुमा खानाको रुपमा मिनरल, प्रोटिन, भिटामिन, फाइबरयुक्त पौष्टिक तत्व खुवाइने हो भने शारीरिक विकाससँगै बालबालिकाको मानसिक विकास हुन्छ ।

७ प्रकारका खानेकुराको समूहमध्ये कम्तिमा ४ खानाको समेटिने गरी खानुपर्दछ। 

१। अन्न, जरा र कन्दमूल

२। गेडागुडी, दलहन, तेलहन

३। दुधजन्य पदार्थहरु दुध, दही, पनीर, चिज

४। अण्डा

५। मासुजन्य९माछा,मासु, पन्छी, कलेजो आदि०

६। पर्याप्त मात्रामा भिटामिन ए पाइने फलफूल तथा सागसब्जी

७। अन्य फलफूल र तरकारी तथा सागसब्जी 

खानेकुरामा पानी, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, खनिज, भिटामिन, रेसा आदि पुगेको हुुनुपर्दछ।

यसरी गरौं सामुदायिक विद्यालयको स्तरीकरण

रमेश गुरागाई

नेपालको संविधानअनुसार माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई छ । शिक्षा सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा समेत पर्दछ । तथापि कुनै पनि तहका सरकारले शिक्षालाई प्राथमिकतामा राखेको पाइएको छैन । प्रत्येक वर्ष जारी नीति तथा कार्यक्रम र बजेट शिक्षाप्रति उदासीनताको चित्र हो । सरकारले शिक्षाको पूर्णतः जिम्मेवारी लिनुपर्छ भन्ने मान्यता विश्वव्यापी छ । नेपालका सामुदायिक विद्यालय ब्युँताउन सचेतता र सक्रियतापूर्वक नागरिक अभियान सञ्चालन गर्न जरुरी छ । 

नेपालको राजनीति पञ्चायती व्यवस्थापछि प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा पुगे पनि आम रूपमा सामुदायिक शिक्षा राणाशासनतिर पुगेको छ । विद्यालय मरणासन्न अवस्थामा छन् । यसर्थ राजनीतिमा अग्रगमन भए पनि सामुदायिक विद्यालयको सन्दर्भमा यस्तो अनुभूति हुन सकेको छैन । अहिले विद्यालय ठूलो सङ्ख्यामा छन् तर सरकारी तहबाट त्यसबेला जस्तै शिक्षालाई पुनः बेवास्ता गरिँदै आएको छ । जसको भण्डाफोर गर्दै विद्यालय शिक्षालाई प्राथमिकतामा राख्न सबै तहका सरकारलाई बुलन्द आवाजसहित तत्काल आह्वान गर्नुपर्छ । 

पछिल्ला केही वर्षमा एकाध सामुदायिक विद्यालय नमुना र आकर्षक बनेका छन् तर तिनका पृष्ठभूमिमा सरकारको नीतिगत सुधार योजनाको प्रयोग देखिँदैन । बरु प्रधानाध्यापक–शिक्षक टिम, व्यवस्थापन अध्यक्ष–समुदाय, पूर्वविद्यार्थी, दाता अथवा अन्य सामाजिक व्यक्तिको मेहनत र योगदानबाट ती विद्यालयले प्रगति गरेका हुन् । यद्यपि धेरैजसो नमुना विद्यालयले गरेजस्तो प्रवेश परीक्षा लिएर जान्ने विद्यार्थी मात्र भर्ना गर्नु गम्भीर भूल हो । प्रवेश परीक्षाबाट विद्यार्थीको स्तरीकरण गरी कक्षा वा वर्ग सेक्सन निर्धारण गर्नु स्वाभाविक हुन्छ तर पढाइमा कमजोर विद्यार्थीलाई पढाउँदिन भन्नु सामुदायिक विद्यालयले नपाउनुपर्ने हो । नमुना विद्यालयले जेजस्तो भए पनि सामुदायिक विद्यालयप्रति आशा र विश्वास जगाएको पक्ष भने सकारात्मक छ ।

आम रूपमा सामुदायिक विद्यालय सफल हुन सबैभन्दा पहिले विद्यार्थीलाई स्थानीय सामुदायिक विद्यालयमै भिœयाउन सक्नुपर्छ । सुधारको महìवपूर्ण मापदण्ड नै यही हो । विद्यार्थी भिœयाएर विद्यालयमा सुधार थाल्ने कि सुधारलाई एउटा तहमा पु¥याएर विद्यार्थी भिœयाउने वा दुवै काम सँगसँगै गर्ने भन्ने विषयमा अड्किन जरुरी छैन । जसलाई स्थान र परिवेशको सापेक्षमा फरकफरक तरिकाले कार्यान्वयन गर्न सकिन्छ । यसरी देशभरका लगभग २७ हजार विद्यालयलाई पहिलो आकर्षण बनाउनुपर्छ । 

विद्यालयको भौतिक क्षमताको अभावले व्यवस्थापन गर्न नसकिएका विद्यार्थीलाई मात्र निजी विद्यालयमा जाने अवस्था निर्माण गर्नुपर्छ । यसो गर्दा सामुदायिक विद्यालयलाई स्तरीकरण गर्ने अवसर प्राप्त हुन्छ । सामुदायिक विद्यालय सुधारका लागि विद्यालय र शिक्षक स्वयंले अन्य भाषा र सामाजिक विषयबाहेक पठनपाठन र बोलचालको माध्यम भाषा पूर्ण रूपमा अङ्ग्रेजी प्रयोग गर्नुपर्छ । अभिभावकको चाहनाभन्दा बाहिरबाट सुधार कल्पना गर्न सकिन्न । पाठ्यघण्टा पूरा गर्न विद्यालयमा कम्तीमा १९२ दिन पठनपाठन हुनुपर्छ । सार्वजनिक बिदा थपिएकाले मौसमी बिदा ४५ दिनलाई कटौती गर्न सकिन्छ । 

दशैँमा घटस्थापनादेखि बिदा दिने प्रचलन हटाउनुपर्छ । क्यालेन्डर निर्माण गरी अतिरिक्त क्रियाकलाप ९बौद्धिक प्रतिस्पर्धा, सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, स्काउट आदिसमेत० नियमित सञ्चालन गर्नुपर्छ । वार्षिक र दैनिक शैक्षणिक योजनाबेगर शिक्षक कक्षाकोठामा छिर्नु हुन्न । शिक्षण सामग्री प्रयोगमा जोड दिनुपर्छ । विद्यालय सुधारका लागि व्यवस्थापन समितिसँगको सल्लाहमा परिणाम देखाउन नसक्ने प्रधानाध्यापक र शिक्षकले मार्गप्रशस्त गरिदिनुपर्छ ।

विद्यालय व्यवस्थापन समितिले विद्यालयको भौतिक पूर्वाधारका साथै पठनपाठनको गुणस्तरमा ध्यान दिनुपर्छ । सार्वजनिक पद धारण गरेका व्यक्तिका परिवारबाट विद्यार्थी भर्ना अनिवार्य गर्न नैतिक दबाब सिर्जना गर्नुपर्छ । बेवास्ता गर्ने अभिभावकको नाम सङ्कलन र सार्वजनिक गर्ने तयारी गर्नुपर्छ । वडामा बसोबास गर्ने जिम्मेवार पदाधिकारी र शैक्षिक क्षमता भएका व्यक्तिलाई विद्यालयको विकासका लागि आबद्ध गराउनुपर्छ । निःशुल्कको नाममा विद्यालय शिक्षामा कुनै कञ्जुस्याइँ वा सम्झौता गरिनु हुन्न । अपुग रकम प्रत्येक अभिभावकबाट स्वेच्छिक सहयोगका रूपमा सङ्कलन गरी जम्मा गर्नुपर्छ । 

विद्यालय व्यवस्थापन समितिले सबल र दुर्बल विद्यालयबीच अन्तरसम्बन्ध स्थापित गर्नुपर्छ । त्यस्ता विद्यालयबीच शिक्षक आदानप्रदान गर्नुपर्छ । कार्यसम्पादन मूल्याङ्कन ९कासमू०मा अङ्कबेगर ९आँखा चिम्लेर० हस्ताक्षर गर्नु हुन्न । कामको आधारमा कासमू भएको छ वा छैन, ख्याल गर्नुपर्छ । विद्यालयका सम्पत्ति सुरक्षा र व्यवस्थापन, समग्र अभिलेखीकरण र पठनपाठन स्तरको नियमित जाँच वा अनुगमन गर्नुपर्छ ।

राजनीतिक पार्टी आफ्ना नेता तथा कार्यकर्ता व्यवस्थापन गर्ने थलो विद्यालयलाई बनाउने प्रचलनको समर्थनमा उभिनु हुन्न । भरसक अध्ययनरत विद्यार्थीका अभिभावकमध्येबाट विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बन्नुपर्छ । समितिका पदाधिकारी विद्यालय विकासका लागि स्वयंसेवी हुनुपर्छ । सक्षम सामाजिक व्यक्ति अध्यक्ष बन्दा कमजोर विद्यालय रोज्नुपर्छ र कार्यप्रगति सुनिश्चित गर्नुपर्छ । विद्यालयको पठनपाठन र गुणस्तरको भेउ नपाउने व्यवस्थापन समितिका पदाधिकारीले राजीनामा दिएर ठाउँ खाली गर्नु विद्यालय विकासका लागि योगदान ठहर्छ । 

सामुदायिक विद्यालयमा गुणस्तर विकासका लागि स्थानीय तहले प्रधानाध्यापकको पद विशिष्टीकरण गरी प्रतिस्पर्धाबाट छनोट तथा नियुक्ति र विशेष सेवासुविधा प्रदान गर्नुपर्छ । सेवा र प्रत्येक शैक्षिक सत्र सुरु हुनुअघि शिक्षकका लागि विशेष कार्यशाला सञ्चालन गर्नुपर्छ । शिक्षकलाई मासिक तलब भुक्तानी गर्ने व्यवस्था गर्नुपर्छ । शिक्षा शाखाबाट विद्यालयसम्म खटाउने कर्मचारीको व्यवस्था गर्नुपर्छ, प्रधानाध्यापक धाउने प्रचलन हटाउनुपर्छ । जनसङ्ख्या अत्यधिक वृद्धि भएका ठाउँमा विद्यालय मर्ज होइन, सेवा क्षेत्र निर्धारण वा म्यापिङ गर्नुपर्छ । सबै विद्यालयमा पुस्तक र पोसाकलाई एकरूपता दिनुपर्छ । दिवा खाजामा रकम यथाशक्य थप्नुपर्छ । अन्तरविद्यालय सहक्रियाकलाप र अतिरिक्त क्रियाकलाप प्रतियोगिता एवं कक्षा ५ र ८ को परीक्षा पालिकास्तरीय सञ्चालन गर्नुपर्छ । माध्यमिक तहसम्म शिक्षा वास्तविक रूपमा निःशुल्क बनाउँदै पढ्नयोग्य सामुदायिक विद्यालय निर्माण गर्न स्थानीय तहले विद्यालयमा अपुग शिक्षक दरबन्दी सिर्जना गरी करारमा नियुक्त गर्नुपर्छ । अतिरिक्त क्रियाकलापका लागि प्रत्येक विद्यालयमा छुट्टाछुट्टै शिक्षक व्यवस्था गर्न नसकुञ्जेलका लागि बहुविद्यालय शिक्षक नियुक्त गर्नुपर्छ । कम्तीमा एक कम्प्युटर प्राविधिक शिक्षक प्रत्येक विद्यालयमा व्यवस्था गर्नुपर्छ । निःशुल्क वाइफाइको व्यवस्था गरी सबै विद्यालयमा इन्टरनेट सञ्चालन गरिनुपर्छ । सरसफाइ कर्मचारी व्यवस्था गर्नुपर्छ । मूल ढोकामा रहने सुरक्षा गार्ड नियुक्ति गर्नुपर्छ । सबै विद्यालयमा विद्यार्थी हाजिरी, लेखा, नतिजा प्रकाशनजस्ता कामका लागि एकै खालको सफ्टवेयर उपलब्ध गराउनुपर्छ ।

पछिल्ला निर्वाचनमा राजनीतिक पार्टीले ठेकेदार, जग्गा व्यापारी, धनाढ्यजस्ता व्यक्तिलाई उम्मेदवार बनाउने गरेका छन् । तसर्थ जो भए पनि तिनैमध्येबाट निर्वाचित हुन्छन् । उनीहरू विद्यालय सुधारतर्फभन्दा अन्य क्षेत्रमा चासो दिने गर्दछन् । अपवादमा शिक्षा सुधारमा ध्यान दिने हुनु छुट्टै कुरा हो । आगामी दिनमा उम्मेदवार बनाउँदा वा जनप्रतिनिधि चुन्दा सम्बन्धित पक्षले शैक्षिक विकासको नेतृत्व लिन सक्ने व्यक्तिलाई प्राथमिकता दिनुपर्दछ । सरकार, समुदाय र विद्यालय परिवारको उचित भूमिकाबाट सामुदायिक विद्यालयको पुनर्जीवन सम्भव छ ।