Wednesday, September 21, 2022

नुवाकोट फुटवल क्लवलाई ‘हन्क ईनर्जी ड्रिन्क’को जर्सी

नुवाकोट, ५ असोज ।

शहिद स्मारक सी डिभिजन लिग छनोट प्रतियोगितामा सहभागी हुन लागेको नुवाकोट युनाईटेड फुटवल क्लवलाई विभिन्न व्यक्ति तथा संघसंस्थाले आर्थिक र भौतिक सहयोग गरेका छन् । खेलाडीलाईहौसला प्रदान गर्न जिल्लाका उद्योगी, ब्यापारी तथा स्थानीयले सहयोग हस्तान्तरण गरेका हुन् ।

यसैक्रममा नुवाकोटबाट उत्पादित हन्क ईनर्जी ड्रिन्कले क्लवलाई प्रतियोगितामा आवस्यक जर्सी उपलब्ध गराएको छ । हन्कको उत्पादक दुवाल व्रदर्श प्रालिले खेलाडीलाई आवस्यक ४६ सेट जर्सी उपलब्ध गराएको हो । बट्टार फुटसलमा आयोजित एक कार्यक्रमका विच दुवाल व्रदर्श प्रालिका प्रवन्ध निर्देशक सुदर्शनमान दुवालले खेलाडीलाई जर्सी हस्तान्तरण गरेका छन् । खेल क्षेत्रबाट जिल्लाको पहिचान स्थापित गर्न प्रोत्साहन पु¥याउने उद्येश्यले खेलाडीलाई जर्सि सहयोग गरिएको दुवालले बताए । यस्तै कार्यक्रममा नुवाकोटका पोल्ट्री व्यवसायी एवं पोल्ट्री व्यवसायी संघका केन्द्रिय सदस्य विष्णुप्रसाद रिमालले फुटवल क्लवलाई दश हजार रुपैयाँ सहयोग गरेका छन । असोज ६ गतेदेखि उपत्यकाका सुरु हुने छनौट खेलमा देशभरका ६० वटा क्लबले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको लागि प्रत्येक समूहमा ३ वटा क्लब रहेको २० समुह बनाईएको छ । अखिल नेपाल फुटवल संघले सार्वजनिक गरेको तालिकाअनुसार एक क्लबले २ खेल खेल्नेछन् । जसअन्तर्गत समुह ‘ओ’ मा नुवाकोट युनाइटेड फुटबल क्लबले च्याम्पियन व्वाईज फुटबल क्लब (भक्तपुर) र इमाडोल युनिटि क्लब (ललितपुर) सँग चरण खेल खेल्नेछन् ।


No comments:

Post a Comment