Thursday, April 21, 2022

विदुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


श्रीराम नेपाल । नुवाकोट
८ बैशाख
        स्थानीय तह निर्वाचनका लागि नुवाकोटको १२ वटै स्थानीय तहमा विहिवार एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विदुरमा एक कार्यक्रमका विच जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । बाँकी ११ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । 
      कार्यालयको जिल्ला अदालत नुवाकोटका न्यायाधीश उमेशप्रसाद लुईंटेल र प्रमुख जिल्ला अधिकारी नारायण रिसालले उदुघाटन गरेका हुन् । जिल्ला न्यायाधिश लुईटेल स्थानिय तह निर्वाचनका लागि नुवाकोटका प्रमुख निर्वाचन अधिकृत समेत हुन् । कार्यालय स्थापना गर्दै लुईटेलले कार्यालयले मतदान केन्द्रमा रहेका समस्या, आचारसंहिता पालनाको अवस्था हेर्ने बताए । मतदाता नामावली टाँस्ने, उम्मेदवारी दर्ता, मतदान गराउने देखि मतगणना गर्ने कामसमेत यही कार्यालयले गर्नेछ लुईटेलले वताए । यसअघि, निर्वाचन आयोगले जिल्लाको ककनीमा निर्मला गुरूङ, किस्पाङमा टेकराज भुसाल, तादीमा विवेक घिमिरे, तारकेश्वरमा जीवनकुमार भण्डारी, दुप्चेश्वरमा केशर पण्डित, कपिलेश्वरमा अन्जन न्यौपाने, बेलकोटगढीमा टेकबहादुर कार्की, म्यागङमा सूर्यदर्शनन पण्डित, लिखुमा पूर्णबहादुर थापामगर, शिवपुरीमा खरूदेव चुडाल र सूर्यगढीमा इन्दकुमार खड्कालाई निर्वाचन अधिकृत तोकेको हो ।
        
निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी, लेखापाल, कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगी, पीएसओ (निजी सुरक्षा अधिकारी) सहित नौ जना कर्मचारी रहनेछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जनै कर्मचारी रहनेछन् ।

No comments:

Post a Comment