गृहपृष्ठ

Tuesday, April 9, 2024

सिँदुरे जात्राको औंपचारिक शुरुवात

नुवाकोट । चैत्र २६ 


सोमवार राती भैरबी मन्दिर परिसरमा भएको नारायणजात्रा । 

नुवाकोटको प्रचलित जात्रा सिँदुरे जात्रा शुरु भएको छ । आईतवार बेलुका भैरवी बुढी भैरवी भेट गरी सोही रात श्री नारायण देउता ब्रम्हायणी स्थान प्रस्थान गरी जात्रा औंपचारिक रुपमा शुरु भएको हो । आईतवारबाट हरेक दिन विभिन्न धार्मिक, साँस्कृतिक क्रियाकलाप सञ्चालन हुनेछ ।  

जात्राको क्रममा चैत्र २६ गते श्री नारायण देवता व्रम्हायणीबाट धरमपानी आउने बेलुका नारायण देवता रथमा राखी श्रीका धामी, गणेश, कुमार र गुठीयारहरु बाजागाजा निसान सहित जात्रा गर्दै आलम तान्ने, सिदुर हाल्ने, विधि पुर्वक नारायण भित्राउने गरिन्छ ।  

यसक्रममा आगामी बैसाख ५ गते लिङ्गो तान्ने ‘इन्ध्रध्वज तान्ने’ गरिन्छ । बैसाख ९ गते चैत्र श्रीका धामी देवीघाट जाल्पा मन्दिर निमन्त्रणा गर्न जाने गरिन्छ । बैसाख १० गते चैत्र बेलुका धामी नुहाउने, क्षेत्रपालमा गई महावनी लिने, रातको ८ बजे बुढी भैरवीमा तल्लो लिङ्गो उठाँउने र सोही ठाउँबाट यात्रा गर्दै बली चढाउँदै भैरवी मन्दिरको अगाडि आउने र नेपाली सेनाबाट माथिल्लो लिङ्गो ठढ्याउने, त्यसपछी निमन्त्रणा पूजा गरी राती भैरवी माई देवीलाई रथमा राख्ने लगायत क्रियाकलाप सञ्चालन हुनेछ । बैसाख  ११ गते  साततले दरबारमा सिन्दुर हाल्ने र तुलजा भवानीको मन्दिरमा धामीबाट महाबली लिई धामी धमिनी, कुमार, गणेश, निसान गुठियार सहित भैरवीस्थान आई भैरवी माइको रथ उठाई बाजागाजा रकमी गुठियार सवै धरमपानी, बाराही, बट्टार इनारपाटी,बाडाचौतारो हुदै देवीघाट पुग्ने, सोही राती विधिपूर्वक पुजा गरी धामीलाई भोग दिएपछि पुर्णिमाको काम सम्पन्न हुने छ । 

२०८१ बैसाख १२ गते विहान ‘इही’ गर्ने, विधिपुर्वक पुजाआजा गर्ने बेलुका रथ धामी धमीनी देवीघाटबाट फर्कने, राती देवीघाट बाडाचौतारो–इनारपाटी–बट्टार–पुरानोबजार हुदै बाराहीबाट धरमपानीमा वैशाख १३ गते विहान आइपुग्नेछ ।

२०८१ बैसाख १३ गते दिनको ३ बजे विदुर २ धरमपानीबाट श्री भैरवी माइको रथ श्रीकाधामी, धमिनी, गणेश, कुमार गुठीयार बाजागाजा साजवाज निसान सहित आसागुर्जा टोली, सैनिक सुरक्षाका साथ भैरवी स्थान तर्फ प्रस्थान गर्ने, भैरवी माइको प्राङ्गणमा सिन्दुर हालेर तुलजा भवानीको मन्दिर पुग्ने, सोही रात भैरवी मन्दिर परिसर शितपाटी डवलीमा श्रीका धामीद्वारा भोग खानेछ ।

२०८१ बैसाख १४ गते बेलुका साततले दरबार तुलजा भवानी मन्दिर परिसरमा विधि पुर्वक स्यावजी बाढिने छ । १०।  २०८१ बैसाख १८ गते वेलुका लामपाटीमा स्यावजी बाढिने छ । बैसाख १९ गते हनुमान ढोका कर्णेलचोकबाट आउनु भएको भगवतीलाई नागपानी भगवती थानमा विधि पूर्वक पुजाआजा गर्ने । बैशाख २० गते बेलुका भैरवीको विधि पूर्वक पुजाआजा गरी भैरवी भित्र्याउने ।

१३। २०८१  वैशाख २१ गते विहान माथिल्लो लिङ्गो ढाल्ने । २०८१ वैशाख २२ गते विहान तल्लो लिङ्गो ढाल्ने।

उपरोक्त कार्यमा विभिन्न स्थानहरुमा बढाई सहित यस वर्षको श्री भैरवी माइको वर्ष बन्धन सिन्दुरे जात्रा पर्व समाप्त हुने जनाईएको छ ।


No comments:

Post a Comment