Monday, June 3, 2024

नुवाकोट भित्रदै गरेको अबैध युरिया मल नियन्त्रणमा

नुवाकोट । २१ जेष्ठ 


नुवाकोट भित्रदै गरेको अबैध युरिया मल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत अस्थाई प्रहरी पोष्ट कोल्पुटार नुवाकोटको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा आज मल नियन्त्रणमा लिएको हो । नुवाकोट जिल्लामा अवैध रुपमा भारतीय यूरिया मल ल्याई बढी मूल्यमा बेचबिखन भई रहेको भन्ने सूचनाको आधारमा सोमबार बा ४ ख ३८६७ नम्बरको आईचर गाडीमा भन्सार छली गरी ल्याएको ५० बोरा भारतीय यूरिया मल र मिति २०८१।०२।१७ गते ल ३ च २९१८ नम्बरको बोलेरो गाडीमा ल्याएको ५० बोरा यूरिया मल गरी १०० बोरा यूरिया मल बरामद गरी बरामद मल, मल बोक्न प्रयोग भएको सवारी साधन (गाडी) र मानिसहरुलाई समेत आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी प्रनाउ तिलक भारतीले जानकारी दिनुभयो । 

No comments:

Post a Comment