Thursday, May 16, 2024

मदन र आश्रितप्रति श्रद्धाञ्जलि

नुवाकोट, ३ जेठ । नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवसका अवसरमा आज नुवाकोटमा श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।

     मदन–आश्रित स्मृति प्रतिष्ठान  नुवाकोटको आयोजनामा विदुर ४ बट्टारस्थित प्रतिष्ठानको प्राङ्गणमा मदन भण्डारी र जीवराज आश्रीतप्रति श्रद्धाञ्जली ब्यक्त गरिएको हो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य विन्दा ढुङ्गानाले मुलुुकको कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बेला त्यसलाई पुुनःजागरण गर्न जननेता मदन भण्डारी र सङ्गठक जीवराज आश्रितको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । ढुङ्गानाले स्वदेशी क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमको रूपमा जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गरेर भण्डारीले विश्वभर रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई नेपालमा सर्वाधिक लोकप्रिय बनाउन योगदान पुर्याएको उल्लेख गर्नुुभयो । कार्यक्रममा एमाले नेता सञ्जु पण्डित, वुद्धी प्रधान लगायतले भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परी पार्टीका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो । जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) को  मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ ।

निबन्ध प्रतियोगिता

यसैविच, स्मृति दिवसको अवसरमा मदन–आश्रित स्मृति प्रतिष्ठान नुवाकोटको आयोजनामा सम्पन्न जिल्लास्तरीय (मावि) निबन्धलेखन प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको छ । 


शनिबार सम्पन्न प्रतियोगितामा सुलक्षणा माध्यमिक विद्यालय विदुर नगरपालिका–९ की सीमा मगराती प्रथम, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय विदुर नगरपालिका– १ त्रिशूलीकी उत्सवी खत्री द्वितीय, जेडी बोर्डिङ स्कुल विदुर नगरपालिका–६ देवीघाटकी पुष्पा श्रेष्ठ र पञ्चकन्या माध्यमिक विद्यालय बेलकोटगढी नगरपालिका– ११ का प्रनिष नेपालले सान्त्वना पुरस्कार प्राप्त गरेका हुन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको हो । 

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष शिवकुमार मिश्रको सभापतित्वमा सम्पन्न भएको हो । 

No comments:

Post a Comment