Friday, May 24, 2024

विद्यालयलाई शैक्षिक सामाग्री

सामाग्री वितरण कार्यक्रममा ट्रष्टका पदाधिकारीहरु । 
नुवाकोटको बेलकोटगढि वडा न ७ स्थित शीलादेबी आधारभूत बिद्यालयमा  बाल उद्यान ( मोंटेश्वरीको ) सामाग्री बितरण गरीएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था यसोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टको पहलमा सामाग्री वितरण गरिएको हो । अमेरिकाको क्यालीफर्निया राज्य स्थित Alameda Yati Lion’s Club को सहयोगमा प्राप्त विभिन्न सामाग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो । सामाग्री हस्तान्तरण कार्यक्रममा ट्रस्टका संरक्षक अर्जुननरसिंह केसी, अध्यक्ष केदारनरसिंह केसी, महासचिव जगदिश्वर नरसिंह केसी, बेलकोटगढी नगरपालिकाका उपमेयर शिव दाहाल लगायतले प्राप्त सामाग्रीको सदुपयोग गरी शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न आग्रह गर्नुभयो । 

यसअघि, सोमवार ट्रस्टले सुर्यगढि गाउपालीका वडा न २ मा रहेको शिलाकन्या देबि माबिमा बिध्यार्थिहरुलाइ झोला ,स्टेसनरि ,खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । कार्यक्रममा विद्यालयका पुर्ब ब्यबस्थापन समितिका अध्यक्ष हरुलाइ सम्मान समेत गरिएको छ । 


No comments:

Post a Comment