Thursday, May 23, 2024

अतिक्रमित घर–टहरा हटाउन ७ दिने अल्टिमेटम

तारकेश्वर । नुवाकोटको तारकेश्वर गाउँपालिका  वडा नं. २ को तारुकाघाटस्थित तारकेश्वर महादेव मन्दिर परिसरभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर–टहरा भत्काउन ७ दिने अल्टिमेटम दिईएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारी ’अविरल’ले सूचना प्रकाशित गर्दै अतिक्रमित क्षेत्र छोड्न अल्टिमेटम दिएका हुन् । गाउँपालिकाले यसअघि, ३५ दिनको समय दिएर सूचना जारी गरिएकोमा अटेर गरी बसेकाले अन्तिम पटक ७ दिनको समय दिइएको अध्यक्ष अधिकारीले बताउनुभएको छ । गाउँपालिकाकै नाममा स्थापना गरिएको सार्वजनिक गुठी र गाउँको सांस्कृतिक धरोहरको रूपमा रहेको मन्दिरको जग्गा अतिक्रमण गरी बस्ने कार्य सर्वथा अनुचित भएको भन्दै अध्यक्ष अधिकारीले निर्धारित समय भित्र अटेर गरी सार्वजनिक जग्गा खाली नगराउनेहरुको हकमा प्रचलित ऐन कानुन बमोजिम तत्कालै कारबाही प्रक्रिया अघि बढाउने बताउनुभयो ।


No comments:

Post a Comment