Thursday, February 8, 2024

सूर्यगढी ५ मा गगन थापा आउँदै, खेलाडी सम्मान तथा सामाग्री वितरण गरिने

सरोज गिरी

२५ पौष, नुवाकोट । 

सूर्यगढी गाउँपालिका वडा नं ५ ले खेलाडी सम्मान तथा विभिन्न कार्यक्रम आयोजना गर्न लागेको छ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापासहित शिर्ष नेताहरुको उपस्थितीमा कार्यक्रम आयोजना गरिएको हो । 

वडा नं ५ को चिसापानी स्थित जालपा मन्दिर परिसरमा गाउँपालिकामा संचालित मावि विद्यालय तथा क्लबलाई खेलकुद सामाग्री वितरण, न्योनो कपडा वितरण, राष्ट्रपति रनिङ शिल्ड तथा वडा कप प्रतियोगिताका खेलाडी सम्मान तथा पुरस्कार वितरण र पिकनिक कार्यक्रमको आयोजना गरिएको वडाअध्यक्ष अचुतराज ढकालले बताए ।

वडाध्यक्ष ढकालका अनुसार उक्त कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य अर्जुननरसिंह केसी, प्रदिप पौडेल, संविधानसभा सदस्य जगदिश्वरनरसिंह केसी, कांग्रेस नुवाकोट सभापति माननीय रमेशकुमार महत, डा. केदारनरसिंह केसी, नेपाल विद्यार्थी संघका सभापति दुजागं शेर्पा, बिद्धान गुरुङ लगायतका नेताहरुको उपस्थिति रहने छ ।


No comments:

Post a Comment