Friday, February 9, 2024

छहरे–टोखा सुरुङ मार्ग देशकै महत्वपूर्ण परियोजना–प्रधानमन्त्री प्रचण्ड

२६ माघ, नुवाकोट । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक विकासका लागि महत्वपूर्ण परियोजनाको रुपमा टोखा–छहरे सुरुङमार्गको काम अघि बढिरहेको बताए । विहिवार विहानमात्रै चिनियाँ राजदुतसँग भेट भएको र यस परियोजनाका बारेमा छलफल भएको उनले वताएका छन् । 

शुक्रवार नुवाकोट सदरमुकाम विदुरमा आठौं नुवाकोट महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका सुचकहरुमा उल्लेख्य सुधार आएको बताए । राजस्व संकलन, पर्यटक आवागमन र विदेशी मुद्रा सञ्चिती बढ्दै गएको तथा बैंक ब्याजदर घट्दै गएको उनले वताए । प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र सुद्रिण बन्दै गएको बताएका छन् । अर्थतन्त्र कमजोर रहेको अवस्थामा आफू प्रधानमन्त्री बनेको र अहिले स्थिती सुधार हुँदै गएको उनले बताए । 

नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव शुरु भएको हो । फागुन ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा दुईसय ५० भन्दा बढी स्टल रहेको र १ करोड भन्दा बढिको ब्यापारिक कारोवार हुने अपेक्षा गरिएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

महोत्सवले स्थानीय उत्पादन तथा कृषि प्रर्दशनी लाई प्राथमिकता दिएको जनाईएको छ । यस बर्ष कृषिलाई पहिलो प्राथमिकतामा राख्न १२ वटै स्थानीय तह, घरेलु कार्यालय, कृषि ज्ञान केन्द्र, भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागवानी विकास केन्द्र, मस्त्य अनुसन्धान केन्द्र, जिल्ला कृषि सहकारी संघ लगायत अन्य निकायहरुसँग समन्वय गरिएको अध्यक्ष श्रेष्ठले वताए । यस वर्ष हामीले स्थानीय उत्पादन र कृषि प्रर्दशनीलाई ५० वटा निःशुल्क स्टल बनाइएको संघले् जनाएको छ ।  


No comments:

Post a Comment