Monday, January 29, 2024

विदुर मेयर कप : यस्तो छ आजको खेल तालिका

फाईल फोटो

नुवाकोट, १५ माघ । नुवाकोटको बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगितामा आज पहिलो खेल शिवपुरी गाउँपालिका र किस्पाङ गाउँपालिका विच प्रतिष्पर्धा हुनेछ । यस्तै, दोस्रो खेल म्यागङ र तादीबिच हुने छ । 

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा जारी प्रतियोगिताको आईतवार भएको तेस्रो खेलमा सुर्यगढी गाउँपालिका र ताकरेश्वर गाउँपालिकाले गोलरहित वरावरी खेलेका छन् ।  यसअघि आईतवारनै भएको समुह ए को पहिलो खेलमा ककनी गाउँपालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै लिखु गाउँपालिका विजयी भएको हो । त्यस्तै आईतवारको दोस्रो खेलमा किस्पाङ गाउँपालिका र बेलकोटगढी नगरपालिकाले समान ३÷३ गोलको वरावरी खेलेका छन् । 


No comments:

Post a Comment