Sunday, January 14, 2024

आँखा शिविरबाट २ सय १३ जना लाभान्वित

नुवाकोट । २८ पौष

नुवाकोटको बट्टार बजारमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सर्वसाधारण नागरिकलाई घरदैलोमा नै स्वास्थ्य सेवा दिने उद्येश्यले विभिन्न विदुर नगरपालिका वडा नं ४ बट्टारमा रहेको शहरी स्वास्थ्य क्लिनिकमा निःशुल्क शिविर आयोजना भएको हो । 

लायन्स क्लव अफ नुवाकोट र लियो क्लव अफ नुवाकोटको संयुक्त आयोजनामा एकदिने आँखा शिविर सम्पन्न भएको छ । क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा शिविर संचालन गर्दै आएको लायन्स क्लव अफ नुवाकोटका अध्यक्ष राजनमान श्रेष्ठले जानकारी दिए । 


आँखा शिविरमा २ सय १३ जनाको आँखा परिक्षण, औषधि वितरण र आवस्यक परेका बिरामीलाई चश्मा दिईएको विदुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष निलमबाबु ढुंगेलले जानकारी दिए । स्थानीय नागरिकलाई घरदैलोमा नै स्वास्थ्य सेवा दिने उद्येश्यले वडा कार्यालयको समन्वयमा शिविर सम्पन्न भएको ढुंगेलले बताए । 

आँखा शिविरका लागि बट्टार, त्रिशूली र नामी अप्टिकल तथा आँखा केन्द्रले प्राविधिक सहयोग गरेका थिए । आँखा परिक्षण गरेर आवस्यक देखिएका बिरामीलाई निःशुल्क चश्मा समेत वितरण गरिएको बट्टार अप्टिकलका प्रमुख सुजन सापकोटाले जानकारी दिए ।  

No comments:

Post a Comment