Sunday, January 14, 2024

निःशुल्क शिविरबाट २ सय ३० जना लाभान्वित

नुवाकोट । २८ पौष 

नुवाकोटको बट्टार बजारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सर्वसाधारण नागरिकलाई घरदैलोमा नै स्वास्थ्य सेवा दिने उद्येश्यले विभिन्न विदुर नगरपालिका वडा नं ४ बट्टारमा रहेको शहरी स्वास्थ्य क्लिनिकमा निःशुल्क शिविर आयोजना भएको हो । 

एशियन मेडिकल स्टुडेन्टस एसोसिएसन  र नेपाल एशियन मेडिकल स्टुडेन्ट्स एसोसिएसनको सहकार्यमा शिविर आयोजना भएको हो । शिविरमा शिक्षण अस्पताल माराजगन्जका वरिष्ठ चिकित्सक सहितको टोलीले  स्वास्थ्य परिक्षण गर्नुका साथै विभिन्न रोगका विरामीलाई निशुल्क औषधि वितरण गरिएको छ । स्वास्थ्य शिविरमा २ सय ३० जनाले परिक्षण सेवा लिएको विदुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष निलमबाबु ढुंगेलले जानकारी दिए । स्थानीय नागरिकलाई घरदैलोमा नै स्वास्थ्य सेवा दिने उद्येश्यले वडा कार्यालयको समन्वयमा शिविर सम्पन्न भएको ढुंगेलले बताए । 

शिविरमा नाक कान घाँटी, स्त्री र प्रसूती रोग,  ग्यास्ट्रो, हाडजार्नी तथा जेनेरल फिजिसियन सेवा प्रदान गरिएको छ । 


No comments:

Post a Comment