Wednesday, January 3, 2024

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु, तीन जना घाइते

हेटौंडा —


हेटौंडा उपमहानगरपालिका–११ पूर्व–पश्चिम राजमार्गको थानाभर्‍याङमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् । हेटौंडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु, तीन जना घाइते हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकको ठक्करबाट डडेलधुरा आलिताल गाउँपालिका—६ घर भई वाग्मती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद ऐडीको मृत्यु भएको हो ।पीटी दौडिँदै गर्दा मोटरसाइकलको ठक्करबाट घाइते भएका ऐडीको हेटौडा अस्पतालमा मृत्यु भएको थियो । मोटरसाइकलको ठक्करबाट प्रहरी गणमा कार्यरत प्रहरी जवान नवराज सार्की र अर्का प्रहरी जवान विजय खत्री घाइते भएका छन् । त्यस्तै मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक हेटौंडा उपमहानगरपालिका –४ हुप्राचौर बस्ने ४१ वर्षीय लक्ष्मण लामा घाइते भएका छन् । उनको टाउको र हातमा चोट लागेको छ । उनको थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

No comments:

Post a Comment