Saturday, December 9, 2023

नेकपा एमालेको संकल्प यात्रा–एमाले अध्यक्ष ओली आज नुवाकोटमा

 २३ मंसिर नुवाकोट ।

नेकपा (एमाले)को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’को टोली शनिवार नुवाकोट आइपुग्ने भएको छ ।

यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको उक्त संकल्प यात्राअन्तर्गत नुवाकोटमा यात्रा सहित एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्बोधन सभा हुने भएको छ । नुवाकोटमा शनिवार विहान सामरीबाट सुरु भई बिदुर– १३  डेउडी , बिदुर–८ राइसिङ, बगुवा, बिदुर –९ कोलनीं, बिदुर–१ त्रिशूली,  ढूंगे,  बिदुर, हुदै  बिदुर –४ को घण्टाघरमा सभा हुने नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले जानकारी दिए । नेकपा एमालेले सुरु गरेको संकल्प यात्राको क्रममा भोलि एमाले अध्यक्ष केपी शर्मा ओली नुवाकोटको बट्टार बजार आइपुग्ने भएका छन् । एमाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर सभाको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । शनिबार नुवाकोट ओली आउने भएपछि यतीबेला सदरमुकाम बिदुरमा पार्टीको झण्डा र स्वागत गेटले सिंगारिएको छ । सभाको तयारीको लागी एमाले स्थायी कमिटी सदस्य बागमती प्रदेश इन्चार्ज गुरु बराल, पोलिटव्यूरो सदस्य तथा नुवाकोट इन्चार्ज अरुण नेपाल शुक्रबारनै नुवाकोट पुगेका छन् ।

एमाले अध्यक्ष ओली नुवाकोट दरबार र पृथ्वीनारायण शाहको शालिक स्थल देविघाट पनि अवलोकन गर्ने सुची रहेको एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले बताए । एमालेले सभाको लागी गाउँगाउँबाट करिव ३० हजार मानिस उतार्ने जनाएको छ । धादिङको त्रिपुरासुन्दरी हुँदै अध्यक्ष ओली नुवाकोट सदरमुकाम आइपुग्ने र काठमाडौंको चिसापानीहुँदै आइतबार धुलिखेल पुग्ने कार्यसुची रहेको जनाइएको छ ।  त्यसअघि, गोर्खा जिल्लाको गोर्खाबजार, सल्यानटार, आरुघाट हुँदै नुवाकोट जिल्लाको सामरीभञ्ज्याङ प्रवेश गर्ने जनाईएको छ । बट्टार वजारको सभापछि छहरे, पाटीभञ्ज्याङ हुँदै मङ्सिर २४ गते टोली काभे्र जिल्लाको कुन्ताबेँसी पुग्ने कार्यक्रम रहेको छ । 


No comments:

Post a Comment