Tuesday, December 26, 2023

आज योमोरी पुन्ही मनाइँदै

मङ्सिर शुक्ल पूर्णिमाका दिन काठमाडौँ उपत्यका र उपत्यकाबाट अन्यत्र बसाइँ सरेका आदिवासी ज्यापू समुदायले ज्यापू दिवस मनाउँदै छन् । नयाँ चामलको पीठोभित्र चाकु बफ्याएर बनाइने मौलिक शैलीको मिठाई योमरी खाने दिनका रूपमा पनि यो दिनलाई लिइन्छ ।


 बजारमा मिठाई किनेर खाने व्यवस्था नहुँदाको समयमा यो दिन घरमै मिठाई बनाई खाने प्रचलन रहेको संस्मरण यो पूर्णिमाले गराउँछ । नेवारीमा (ज्यापू वङ्क) अर्थात् कामलाई टुङ्गोमा पु¥याउने ल्याकत भएका भन्ने सोझो अर्थ ज्यापू शब्द रहेको जानकारहरु बताउछन् । 

नेवारीमा ज्याः याफू अर्थात् काम गर्न सक्ने भन्ने अर्थ पनि ज्यापू शब्दले दिएको छ, बोलीचालीमा ज्यापू शब्द प्रिय रूपमा प्रकट र चलनचल्तीमा रहन गएको खजाञ्ची महर्जनको बुझाइ छ । मिठाई खाने दिन भएकोले यो पूर्णिमालाई योमरी पूर्णिमा पनि भनिन्छ, मरी भनेको नेवारीमा मिठाई हो । महर्जन, प्रजापति, सिंह, सुवाल, मुनिकार, सुवाल, अवालेलगायतका थर ज्यापू समुदायमा पर्छन् । ज्यापूबाहेक सबै नेवार समुदायले घरघरमा योमरी बनाएर चेलीलाई भोजनका लागि निमन्त्रणा गर्ने परम्परा छ ।

No comments:

Post a Comment