Sunday, December 3, 2023

रुपिनदेवीमा रोशन शाहको अध्यक्षमा कार्यसमिति चयन

नुवाकोट । १५ मंसिर । 

नुवाकोटको विदुर ९ कोलोनीमा रहेको रुपिनदेवी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन ः रोशन शाह निर्विरोध चयन भएका छन । शनिवार  सम्पन्न संस्थाको ११ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले शाह को अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा राजेश जोशी, सचिवमा सुदिप श्रेष्ठ र कोषध्यक्षमा गोविन्द्र श्रेष्ठ चयन भएका छन । यसै गरि साधारणसभाले सदस्यहरुमा अनेश शाक्य , सुरेश जोशी , सन्जय अमात्य , पूर्णलाल श्रेष्ठ र शर्मीला श्रेष्ठलाई चयन गरेको छ । यस्तै, सुमन श्रेष्ठको संयोजकत्वमा सुचित जोशी र दिपेन्द्र जोशी सदस्य रहेको लेखा तथा सुपरिवेक्षण समिति चयन गरिएको छ । 

साधारणसभाले अध्यक्ष रोशन शाहवाट प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम, कोषाध्यक्ष गोविन्द्र श्रेष्ठवाट प्रस्तुत आयव्य अनुमान तथा वजेट पारित गरेको छ । साधारणसभा उद्घाटन कार्यक्रममा एसइइमा शेयर सदस्यका छोराछोरी मध्ये उत्कृष्ट अंक ल्याउने विद्यार्थी, जेष्ठ नागरिक र असल ऋणीलाई सम्मान गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गोकर्णनाथ न्यौपानेले सहकारी क्षेत्र समस्यमा पर्दै गएकोले सदस्य र आम नागरिकको विश्वास कायम रहने गरी संस्थाहरुले कार्य गर्नुपर्नेमा जोड दिए । 


No comments:

Post a Comment