Thursday, December 14, 2023

ऋणको ब्याजदर एकल अंकमा ल्याउनुपर्छ : ओली

पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैक तथा वित्तिय संस्थाले मिटरब्याजीको रुपमा काम गर्न नहुँने वताएका छन् । आईतवार नुवाकोटको बट्टार वजारमा जिल्लाका उद्योगी ब्यवसायी सँग आयोजित अन्तक्र्रियामा ओलीले वर्तमान अवस्थामा बैंकले ऋणको ब्याजदर एकल अंकमा ल्याउनुपर्ने बताए । 

मुलुकको आर्थिक अवस्था कमजोर रहेकोले ब्याजदर घटाउने र कर्जाको पुनर्तालिकीकरण गरी समय थप गरेर उद्योगीब्यवसायीलाई टिकाउनुपर्ने बताए । उनले बैंक तथा वित्तिय संस्था ब्यवसायीमैत्री बन्नुपर्ने र ऋणीसँग दुईपक्षिय सहमती नगरी ऋणको ब्याज बढाउन नहुने बताए । 

मध्यपहाडी लोकमार्ग आफू प्रधानमन्त्री हुँदा जे जती काम भएको थियो, त्यहाँबाट काम अघि नै नबढेको पाईएको ओलीले बताए । मध्यपहाडी क्षेत्रका नागरिकको जविनस्तर उकास्नको लागि यो मार्ग छिटो निर्माण सम्पन्न हुनुपर्ने ओलीले बताए । 

आफू नेकपा (एमाले)को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’का क्रममा एमाले अध्यक्ष ओली सहित पदाधिकारीको टोलीले नुवाकोटका ब्यवसायीसँग छलफल गरेको हो । पुर्व निर्धारित कार्यक्रम अनुसार शनिवार दिउँसो ३ वजे बट्टारमा सभ ागर्ने जनाईएपनि अध्यक्ष ओली गोरखाबाट धादिङ हुँदै रातको ९ ३० बजेमात्र बट्टार आईपुगेका थिए । ओली सहितको टोलीले आईतवार नै नुवाकोटको साततले दरबार क्षेत्र भ्रमण गरी त्यहाको पुननिर्माणको अवस्था बुझ्ने वताइृएको छ । 


No comments:

Post a Comment