Sunday, December 3, 2023

नुवाकोट/ १६ मङ्सिर ।


 नुवाकोट जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाको छाता सस्था नुवाकोट  बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा नारायण श्रेष्ठ चयन भएका छन् ।

आईतबार कोलोनीमा भएको संघको अधिवेशनबाट सङम बचत तथा ऋण सहकारिका निबर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 

संघको उपाध्यक्षमा सूर्यकुमार श्रेष्ठ, सचिवमा नारायण खनाल र कोषाध्यक्षमा रामराजा श्रेष्ठ चयन भएको छन् ।

संघको सदस्यहरुमा भोलाशंकर गुरुवाचार्य, शान्ति गुरुङ, नविनराज भण्डारी, दिपेन्द्र न्यौपाने, गजेन्द्र खड्का "परमार्थि", रामप्रसाद रिमाल र रमेश श्रेष्ठ चयन भएका छन् ।

यसैगरी संघको लेखा तथा सुपरिवेक्षण समितिमा हरिकृष्ण श्रेष्ठलाई संयोजक चयन गरिएको छ । सदस्यमा राजकुमार तिमिल्सिना र ज्ञानेश्वर अमात्य रहेका छन् ।

निर्वाचित पदाधिकारीलाई जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले ओहोदाको प्रमाणपत्र प्रदान गरेका छन् । उद्घाटनमा कार्यक्रममा अध्यक्ष न्यौपाने, संघका पुर्व अध्यक्ष बैकुण्ठ मिश्र लगायतले बिषयगत सहकारि संघको आवस्यकता बारेमा बोलेका थिए ।

No comments:

Post a Comment