नुवाकोट, २६ कार्तिक ।
दिपावलीको अवसरमा ब्रम्हकुमारी राजयोग उपसेवा केन्द्र बट्टार नुवाकोटले शुभकामना आदानप्रदान तथा लक्ष्मी देविको चैतन्य झाँकी आयोजना गरेको छ । आईतवार आयोजित कार्यक्रममा सहभागीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरेका छन् ।
कार्यक्रममा वागमती प्रदेशका आर्थिक मामला तथा योजना मन्त्री बहादुर सिंह लामाले नेपाल वहुजातीय, वहुधार्मिक र वहुसास्कृतिक मूलुक हुनु आफैमा सौन्दर्यको प्रतिक रहेको बताए । सवै जातजाती र धार्मिक समुदायले आफ्नो धर्मसंस्कृती संरक्षण र संवद्र्धन गर्नुपर्ने लामाले बताए । कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख संजयसिंह थापा, विदुर नगरपालिका वडा नं २ का वडाध्यक्ष दिपक कायस्थ, ४ का वडाध्यक्ष निलमबाबु ढुंगेल, ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने, नेपाली कांग्रेस नुवाकोटका उपसभापति राजु थापा लगायतले दिपावली तथा नेपाल संवतको अवसरमा शुभकामना दिएका छन् ।
कार्यक्रममा ब्रम्हकुमारी राजयोग उपसेवा केन्द्र बट्टारकी प्रमुख व्रम्हकुमारी लिलादिदी र ब्रम्हकुमारी राजयोगका केन्द्रिय प्रतिनीधि ब्रह्मकुमार रंगनाथ भाईजीले मानवीय जीवनमा अध्यात्मको महत्वको वारेमा प्रष्ट्याएका थिए ।
No comments:
Post a Comment