Wednesday, November 22, 2023

नुवाकोटमा भएको ट्रक दुर्घटनामा एकको मृत्यु

बेलकोटगढी, ६ मंसिर । 

सांकेतिक तस्विर । 

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ८ ठूलोखोलामा भएको ट्रक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बुधवार विहान गल्छिबाट त्रिशूली आउँदै गरेको बा प्र ०१–००६ ख ५६०६ नंवरको ट्रक दुर्घटना हँुदा घाईते भएका एकजनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार नवदुर्गा मल्टिप्रडक्टस, मणिग्राम  रुपन्देहीबाट  चाउमिन बोकि नुवाकोट आउंदै गरेको ट्रक गल्छी–त्रिशुली सडकखण्डको बेलकोटगढी नगरपालिकाको ठूलो खोला  स्थानमा आएपछि आफै अनियन्त्रित भै सडकबाट ८० मीटर तल खसेको हो । दुर्घटनामा चालक, सहचालक र सोही कम्पनिमा काम गर्ने दिपक क्षेत्री गम्भिर घाईते  भएकोमा तत्कालै उपचारको लागि उनीहरुलाई  त्रिशुली अस्पताल पठाइएको थियो । गम्भिर घाइते भएको दिपक क्षेत्रिको उपचारकै क्रममा करिव ७ बजे  अस्पतालमा नै मृत्यु भएको हो ।  अन्य घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सवारी चालक पाल्पा माथागढी गाउंपालिका ५ का २६ बर्षिय बिर बहादुर खाम्चा जिल्ला प्रहरी कार्यालयको  नियन्त्रणमा रहेको वताईएको छ । सहचालक पाल्पा जिल्लाको माथागढी गाउँपालिका वडा नं.– ५ वर्ष १९ को खम बहादुर घर्तिको उपचार जारी छ । शव पोष्टमार्टमको लागि त्रिशुलि अस्पतालमा राखिएको छ । घटनाको विस्तृत अनुसंधान जारी रहेको प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।  


No comments:

Post a Comment