Friday, October 6, 2023

विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

काठमाडौं, असोज १९ गते ।

प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक सामान्य छलफल सकिएको छ । 

उक्त छलफलमा ६० भन्दाबढी सांसद्ले भाग लिनुभएको थियो । सभाको आगामी बैठकमा  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुनेछ ।

प्रतिनिधिसभाको अर्को बैठक यही असोज २१ गते आइतबार दिउँसो १ बजे बस्नेछ । रासस

No comments:

Post a Comment