मंगलबार विदुरमा आयोजित एमसीसी परियोजना कार्यन्वयनविरुद्ध अन्तरक्रियामा नेकपाका स्थायी कमिटी सदस्य भरतले स्वाधिन र स्वतन्त्र देशलाई पराधिन बनाउन एमसीसी लागू गर्न लागिएको बताए । उनले शान्त देशको सुखी नेपाली हुन चाहेको भन्दै एमसीसीले देश बनाउनेभन्दा उपनिवेश बनाउने खतरा बढेको र नेपाल युक्रेन जस्तो बन्ने दाबी गरे । ‘एमसीसी लागू भयो भने देश पूर्ण उपनिवेश बन्छ,’ उनले भने, ‘हाम्रो देशको स्वाधिनता र स्वतन्त्रता खतम हुन्छ ।’ उनले एमसीसी नेपालको हितमा नभएपछि संसद्ले १२ बुँदे मसीसीमाथि १२ बुँदे व्याख्यात्मक टिप्पणी किन पास गरेको भनेर प्रश्न गरे । १२ बुँदे संसद्बाट नभई जनताबाट अनुमोदन गर्नुपर्ने उनको भनाइ थियो । उनले एमसीसी खारेजीको विरुद्धमा पूर्खाले नालापानीमा लडेजस्तै सबै एक ढिक्का भएर लड्नपर्ने बताए ।अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिका महासचिव राजकुमारीले एमसीसी राष्ट्रको पक्ष नभएको बताइन् । ‘एमसीसी नेपाली जनता र हाम्रो पार्टीलाई स्वीकार्य छैन,’ उनले भनिन्, ‘नेपाली र नेपाललाई रणमैदान बनाउन खोजिएको छ । यसलाई खारेज गर्न सबै दिदीबैनीहरु एकजुट भएर लडौं ।’ पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आजादले एमसीसीको नेपालको हितमा नभएको भन्दै परनिर्भरता बढाउने प्राकृतिक स्रोतसाधनमाथि विदेशीको हस्तक्षेप हुने बताए ।
नेपाल समाजवादी पार्टी नुवाकोटका अध्यक्ष भगवान रानामगर एमसीसीको विषयलाई पार्टीको माथिल्लो तहले निर्णय गर्ने बताए ।
No comments:
Post a Comment