Saturday, May 6, 2023

च्याब्रुङ नाचेर मनाइयो उभौली

नुवाकोट । 

किरात समुदायले महत्वका साथ मनाउने उभौली चाडलाई यस पटक विराटनगरका किराती समुदायले आन्दोलनका रूपमा सडकमै मनाएका छन्। कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलन गरिरहेकाले यस पटक सडकमा च्याब्रुङ नाचेर सरकारलाई दबाब दिएका हुन्। 

सधैँ पर्व आ–आफ्नो आस्थाका कुलदेवतालाई पूजाआराधना गर्दै साकेला थानमा साकेला र च्याब्रुङ नाचेर पर्व मनाउने गरेका किरात समुदाय शुक्रबार साकेला थानको पूजा सकेर विराटनगरको रोडशेष चोकमा च्याब्रुङ र साकेला नाचे। यो चोकमा चैत ५ गते भएको पहिचान पक्षधरको आन्दोलनमा घाइते हुनुभएका पदम लिम्बू लाजेहाङको उपचारका क्रममा मृत्यु भएको थियो। त्यसैले पहिचान पक्षधरहरूले यसै चोकलाई हरेक गतिविधिको केन्द्र बनाउँदै लगेका छन्। प्रदेश १ ले कोशी नाम पाएसँगै सडक आन्दोलनमा रहेको पहिचान पक्षधरले ‘सडकमै जुटौँ, सडकमै नाचौँ’ भन्ने मूल नाराका साथ उभौली मनाउने निर्णय गरेका थिए। सोही निर्णयअनुसार किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र किरात याक्खा छुम्माले संयुक्त रूपमा परम्परागत कला, संस्कृति र पहिरनसहित रोडशेष चोकमा च्याब्रुङ नाचेको चुम्लुङका नगर अध्यक्ष कुमार सुब्बाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यो वर्षको उभौली पर्व बिहान पूजा गर्ने, दिउँसो सडकमा, चोकमा विरोध प्रदर्शन गर्छौं, आफ्नो संस्कृतिअनुसार स्रोत साधनहरू सांस्कृतिक अभियानस्वरूप प्रदर्शन गर्ने केन्द्रको निर्देशनअनुरूप विराटनगरमा संयुक्त रूपमा साकेला थानमा भेला भएर आफ्नो भेषभूषामा उपस्थित भई रोडशेष चोकमा कला प्रदर्शन गरेर मनाएका छौँ।”

उभौली पर्वमा बालीनाली राम्रो होस्, सबैमा सुख, शान्ति, सुस्वास्थ्य रहोस् र दैवीप्रकोप तथा विपत्तिहरू नआउन् भनी पूजा गर्ने प्रचलन छ। यस चाडमा सुनुवार र राईहरू साकेला÷सखेवा सिली नाँच्छन् भने लिम्बू र याक्खाहरू च्याब्रुङ, डोकेनी आदि नाच नाच्दै प्रकृतिलाई पूजा गरी मनाउने प्रचलन छ।    

No comments:

Post a Comment