Saturday, May 6, 2023

जन्मे देखि ५ बर्ष सम्मका नानीबाबुहरुको तौल कती हुनुपर्छ ?

काठमाडौं। उमेर अनुसार हुनु पर्ने तौल नभएको अवस्थालाई नै कमतौल भनेर बुझ्नु पर्दछ । यसको मापन उमेर र उक्त उमेरमा हुनु पर्ने तौलको आधारमा गरिन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जन्मदा शिशुको तौल २।५ देखि ३।४ के।जी। हुनु पर्छ । बच्चा स्वस्थ भएमा उनको उमेर अनुसार उनीहरुको निश्चित तौल र उचाई हुनेगर्छ । यदि उमेर अनुसार तौल र उचाई घटबड भएमा बच्चामा कुनै स्वास्थ्यमा कुनै समस्या छ कि भनेर शंका गर्न सकिन्छ ।

बच्चाहरूको तौल र उचाइ उनीहरूको उमेर अनुसार छ भने बच्चा स्वस्थ र उनीहरुले पाउने आहार राम्रो छ भन्ने बुझ्न सकिन्छ । बच्चाहरु बढ्दै जाँदा उमेर र तौल बढ्नु सामान्य र जरुरी प्रक्रिया हो । उमेर अनुसार बालबालिकाको उचाइ र तौलको विकास भैरहेको छैन भने कतै केहि त कमी छ भन्ने बुझ्नुपर्ने हुन्छ । यसका लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।

कुन उमेरको बच्चाको तौल  कति हुनुपर्छ ?

के कारणले बच्चाको उमेर अनुसार तौल असन्तुलित हुनसक्छ ?

बच्चामा पौष्टिक आहारको कमी, क्यालरी नपुगेमा, राम्ररी खानेकुरा नखाइदिएमा, संक्रमण भएमा, पाचनप्रणालीमा समस्याले पनि  बच्चाको उमेर अनुसार  तौल असन्तुलित हुनसक्छ । त्यसबाहेक दीर्घरोग जस्तै मुटुमा प्वाल हुँदा पनि बच्चाको तौल नबढ्ने हुनसक्छ । उनीहरुमा पटक–पटक निमोनिया हुने मात्र नभई मुटुमा वाधा पर्ने गर्छ । पोषण चाहिने बेलामा अझ खान नसक्ने भएर तौल नबढ्ने हुनसक्छ ।

उमेर अनुसार तौल बढाउनका लागि बालबालिकाको डाइट चार्ट सबैभन्दा महत्त्वपूर्ण हुन्छ । राम्रो आहारविना बच्चाहरू बढ्न सक्दैनन् ।  बालबालिकाको तौल उनीहरुको खानामा भर पर्छ । बालबालिकालाई सुरुमा खानाको रुपमा मिनरल, प्रोटिन, भिटामिन, फाइबरयुक्त पौष्टिक तत्व खुवाइने हो भने शारीरिक विकाससँगै बालबालिकाको मानसिक विकास हुन्छ ।

७ प्रकारका खानेकुराको समूहमध्ये कम्तिमा ४ खानाको समेटिने गरी खानुपर्दछ। 

१। अन्न, जरा र कन्दमूल

२। गेडागुडी, दलहन, तेलहन

३। दुधजन्य पदार्थहरु दुध, दही, पनीर, चिज

४। अण्डा

५। मासुजन्य९माछा,मासु, पन्छी, कलेजो आदि०

६। पर्याप्त मात्रामा भिटामिन ए पाइने फलफूल तथा सागसब्जी

७। अन्य फलफूल र तरकारी तथा सागसब्जी 

खानेकुरामा पानी, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, खनिज, भिटामिन, रेसा आदि पुगेको हुुनुपर्दछ।

No comments:

Post a Comment