Thursday, May 18, 2023

समातिए नक्कली प्रहरी

नुवाकोट, ४ जेठ । 

प्रहरीको पोशाक तथा अन्य सामाग्री समेत दुरुपयोग गरी स्थानीयलाई त्रसित बनाउँदै आएका एक युवकलाई  विदुर ९ कोलोनीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । उनीसँग नेपाल प्रहरीको परीचय पत्र, वायरलेस सेट (वाकीट्वाकी) समेत रहेको पाईएको छ । 

आफूलाई प्रहरी बताउँदै स्थानीयमा भय र त्रास सिर्जना गर्दै आएको विशेष सूचनाको आधारमा ती युवकलाई मंगलवार दिउँसो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका ती युवकले आफ्नो नाम बिशाल तामाङ र घर बिदुर नगरपालिका वडा नं.१३ रहेको जानकारी दिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिईएका तामाङको साथमा एक सेट वाकीटकी, नेपाल प्रहरी संगठनको आधिकारीक लोगो प्रयोग गरी बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, बागमती प्रदेश–३ नुवाकोट लेखिएको २ वटा परिचय पत्र, नेपाल आर्मीको हतियार सहितको ड्रेस लगाएको फोटो १ थान, सशस्त्र प्रहरीको ड्रेस लगाएको पासपोर्ट साईजको फोटो भेटिएको प्रनाउ खड्काले वताए । उनलाई  जिल्ला अदालत नुवाकोटबाट लिखत सम्बन्धी कसुर (सरकारी छाप दस्तखत किर्ते) मुद्दामा दिन–७ म्याद लिई थप अनुसन्धान भईरहेको जनाईएको छ ।

यसैविच, बहुविवाह र बालविवाहको मुद्धामा फारार एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालतले ०७८ बैशाखमा बहु–बिबाह र बाल बिबाह मुद्दामा नुवाकोट जिल्ला अदालतबाट १ वर्ष ६ महिना कैद र पन्ध्र हजार जरिवाना फैसला भई फरार रहेका किस्पाङ ०३ का २५ वर्षिय बक्बिर तामाङलाई वुधवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


No comments:

Post a Comment