Thursday, April 20, 2023

नुवाकोट उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयन

 नुवाकोट, ७ वैशाख । 

नुवाकोट उद्योग वाणिज्य संघको अध्यक्षमा राजेन्द्र श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । संघमा पहिलो पटक अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका हुन् । विहिवार दिउँसो २ बजेसम्म उमेदवारी फिर्ता लिने समय दिईएकोमा बढि उमेदवारी परेका पदहरुका उमेदवारले उमेदवारी फिर्ता लिएसँगै संघमा निर्विरोध रुपमा कार्यसमिति चयन भएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा सन्तोष उप्रेती,  प्रथम उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा सविन राजभण्डारी महासचिवमा उपेन्द्र वुढाथोकी, कोषाध्यक्षमा मेघनाथ घिमिरे,  सचिव मधुसुदन थपलिया र प्रवक्तामा सुमन भण्डारी निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत सुरेन्द्रराज 

अधिकारीले जानकारी दिए ।संघको वरिष्ठ उपाध्यक्षमा गिता अमात्य र सन्तोष 

उप्रेती, महासचिवमा उपेन्द्र बुढाथोकी र कृष्ण अधिकारी तथौ सचिवमा मधुसुदन थपलिया र गगन लामाले उम्मेद्धवारी दर्ता गराएका थिए । कोषाध्यक्षमा मेगनाथ घिमिरे र हरिशरण रिमालले उम्मेद्धवारी दर्ता गरेका थिए ।  ९ जना खुला सदस्यमा १२ जनाको उमेदवारी परेको थियो । उमेदवारमध्ये ३ जनालाई विभिन्न जिम्मेवारी दिने समझदारी भएपछि खुला सदस्यपनि निर्विरोध चयन भएका छन् । सदस्यहरुमा राजकुमार आचार्य, पुरुषोत्तम कार्की, पवन नेपाल, हरिकृष्ण तिमल्सिना, संजिव थपलिया, दिपक तिमिल्सिना, नबराज पान्डे, सुजित श्रेष्ठ र प्रेमलाल श्रेष्ठ निर्विरोध भएका हुन् । महिला सदस्यमा ज्ञानुमाया गिरी, मनिषा सापकोटा, सुजना खतिवडा र नानु गुरुङको उमेदवारी परेको थियो ।  महिला सदस्य पदका उमेदवार मनिषा सापकोटाले उमेदवारी फिर्ता लिएपछि महिला सदस्य पनि निर्विरोध भएको छ ।  यस्तै, बस्तुगत सदस्य तर्फ पुरुषोत्तम अधिकारी र सबिन श्रेष्ठ निर्विरोध भएका छन् । जिल्लाका सवै उद्योगी/ब्यवसायीको प्रतिनिधीत्व सुनिश्चित गर्दै संघको सवै पदमा निर्विरोध निर्वाचन सम्पन्न गर्न संघका पुर्वअध्यक्ष सहितका पदाधिकारीले प्रयत्न गरेका थिए । उद्योग वाणिज्य महासंघको हालै सम्पन्न महाधिबेशनवाट केन्द्रिय सदस्य निर्वाचित भएका संघका वर्तमान अध्यक्ष तारावहादुर कार्कीले संघको नयाँ कार्यसमिति चयन सर्वसम्मत गराउने प्रयत्न गरेका थिए । ‘अहिले देश आर्थिक रुपमा संकटग्रस्त बन्दै गइईरहेकोले संघमा सवै उद्योगी÷ब्यवसायीको प्रतिनिधित्व रहने गरी सर्वसम्मत नेतृत्व हस्तान्तरणको प्रयास गरिएको हो’–कार्कीले भने–निर्वाचनमा जाँदा त्यसले व्यवसायीमा विभाजन ल्याउनसक्ने देखेर सहमतीको प्रयास गरिएको हो । उमेदवारी फिर्ता लिएका पदाधिकारी तथा सदस्यहरुलाई संघमा उपयुक्त जिम्मेवारी दिईने जनाईएको छ । साधारणसभा तथा अधिबेशन कार्यक्रमको उद्घाटन आज हुँदैछ । 


No comments:

Post a Comment