Saturday, April 22, 2023

पासाङल्हामु राजमार्ग निर्माणलाई प्राथमिकता दिन भौतिक मन्त्रीको ध्यानाकर्षण

नुवाकोट । 

पासाङल्हामु राजमार्गअन्तर्गत बालाजुदेखि नुवाकोटको रानीपौवा हुँदै पीपलटारसम्मको सडकको तत्काल पुनःठेक्का लगाई तीव्रताका साथ काम गर्न आज भैतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराइएको छ । नुवाकोटका पूर्वसांसद एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य राजेन्द्रप्रकाश लोहनीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सो ध्यानाकर्षण गराएको हो । छिमेकी चीनको केरुङसम्म जोडिएको सो मार्ग नौ वर्षदेखि असरल्ल अवस्था छ । उहाँहरूले टोखा छहरे सुरुङमार्ग निर्माणको काम अघि बढाउन पनि माग गर्नुभयो । सो अवसरमा मन्त्री ज्वालाले उक्त सडक र सुरुङ निर्माणकार्यलाई प्राथमिकता दिने आश्वासन दिनुभयो ।

सो अवसरमा अधिवक्ता वसन्त बस्नेत, विदुर नगरपालिका–६ का पूर्वअध्यक्ष राजु सडौैला, शिवपुरी गाउँपालिका–४ का पूर्ववडा सदस्य सन्तोष थापा, समृद्ध नुवाकोट अभियानका महासचिव माधवप्रसाद तिवारीलगायत सहभागी हुनुहुन्थ्यो ।

No comments:

Post a Comment