Saturday, April 22, 2023

नुवाकोटमा इदुलफित्र हर्षोेल्लासका साथ मनाइयो

नुवाकोट ।  

इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र आज यहाँ हर्षोेल्लासका साथ मनाइएको छ । जिल्लाका विभिन्न इदगाहमा गएर इस्लाम धर्मावलम्बीले आज बिहान सामूहिक नमाज प्रार्थना गर्नाका साथै एकापसमा अँगालो मारेर इदमुबारक बधाई तथा शुभकामना साटासाट गरिएको छ । 

एक महिनासम्म चलेको रमजान पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । दान दिनु गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन । यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्ध, मासुका परिकार, फलफूल र मिठाई साथीभाइ, इस्टमित्रलाई खुवाउने  प्रचलन रहिआएको छ । 

No comments:

Post a Comment