Thursday, April 20, 2023

ककनी गाउपालिकाले भन्यो : '१५ दिनभित्र माग पूरा नभए फोहोर फ्याँक्न दिदैनौँ'


काठमाडौंको फोहोर विसर्जन हुँदै आएको क्षेत्रका नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र यसअघि भएका सहमति र सम्झौताहरुको कार्यान्वयन नभए फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका छन् ।

फोहोर व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिका र केन्द्र सरकारबीच विवाद चर्किरहेकै बेला ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामा र धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले संयुक्त विज्ञप्ति जारी गर्दै गत जेठमा सरोकारवालाहरुका बीचमा भएको सहमति र सम्झौता कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

त्यस्तै, फोहोरमैलाका कारण न्यून प्रभाव पार्ने गरी फोहोरबाट निस्किएको लिक्विडको व्यवस्थापन गर्नुपर्ने, प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गरी मुआब्जा दिनुपर्ने, वातावरण प्रभाव मूल्यांकनको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । उनीहरुले विज्ञप्तिमार्फत ती मागहरु १५ दिनभित्र पूरा नभए फोहोरको ढुवानी रोक्ने चेतावनी दिएका छन् ।

त्यस्तै, ककनी र धुनिवेशी नगरपालिकाका वडाहरुमा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकास तथा रोजगारीका योजनाहरु सन्चालन हुनुपर्ने उनीहरुको माग छ ।


No comments:

Post a Comment