Thursday, April 20, 2023

नुवाकोट उद्योग वाणिज्य संघ अधिबेशन : सर्वसम्मतको प्रयास असफल

नुवाकोट,७ बैशाख ।

    नुवाकोट उद्योग वाणिज्य संघको अध्यक्षमा राजेन्द्र श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । अध्यक्ष सहित केहि पदमा एकल उमेदवारी परेपछि निर्वाचन समितिले सर्वसम्मत निर्वाचित भएको जनाएको हो । 

यस्तै संघको प्रथम उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा सविन राजभण्डारी र प्रवक्तामा सुमन भण्डारी निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत सुरेन्द्रराज अधिकारीले जानकारी दिए । त्यस्तै बस्तुगत सदस्यतर्फ पुरुषोत्तम अधिकारी र सबिन श्रेष्ठ समेत निर्विरोध निर्वाचित भएका छन् । जिल्लाका सवै उद्योगी÷ब्यवसायीको प्रतिनिधीत्व सुनिश्चित गर्दै संघको सवै पदमा निर्विरोध निर्वाचन सम्पन्न गर्न संघका पुर्वअध्यक्ष सहितका पदाधिकारीले प्रयत्न गरेका थिए । उद्योग वाणिज्य महासंघको हालै सम्पन्न महाधिबेशनवाट केन्द्रिय सदस्य निर्वाचित भएका संघका वर्तमान अध्यक्ष तारावहादुर कार्कीले संघको नयाँ कार्यसमिति चयन सर्वसम्मत गराउने प्रयत्न गरेका थिए । ‘अहिले देश आर्थिक रुपमा संकटग्रस्त बन्दै गइईरहेकोले संघमा सवै उद्योगी÷ब्यवसायीको प्रतिनिधित्व रहने गरी सर्वसम्मत नेतृत्व हस्तान्तरणको प्रयास गरिएको हो’–कार्कीले भने–निर्वाचनमा जाँदा त्यसले व्यवसायीमा विभाजन ल्याउनसक्ने देखेर सहमतीको प्रयास गरिएको छ । सदस्यहरुमा उमेदवारहरुलाई उमेदवारी फिर्ता लिने समय वुधवार ५ वजेसम्म तोकिएकोमा थप सहमतीका लागि विहिवार दिउँसो २ वजेसम्मलाई थप गरिएको छ । संघको वरिष्ट उपाध्यक्षमा गिता अमात्य र सन्तोष उप्रेतीले मनोनयन दर्ता गरेका छन् भने महासचिवमा उपेन्द्र बुढाथोकी र कृष्ण अधिकारीले उम्मेद्धवारी दर्ता गराएका हुन् । त्यस्तै सचिवमा मधुसुदन थपलिया र गगन लामाले उम्मेद्धवारी दर्ता गराएका छन् भने कोषाध्यक्षमा मेगनाथ घिमिरे र हरिशरण रिमालले उम्मेद्धवारी दर्ता गरेका छन् ।

९ जना खुला सदस्यमा १२ जनाको उमेदवारी परेको थियो । उमेदवारमध्ये ३ जनालाई विभिन्न जिम्मेवारी दिने समझदारी भएपछि खुला सदस्यपनि निर्विरोध चयन भईसकेका छन् । सदस्यहरुमा राजकुमार आचार्य, पुरुषोत्तम कार्की, पवन नेपाल, हरिकृष्ण तिमल्सिना, संजिव थपलिया, दिपक तिमिल्सिना, नबराज पान्डे,सुजित श्रेष्ठ र प्रेमलाल श्रेष्ठ निर्विरोध भएका हुन् । यस्तै, बस्तुगत सदस्य तर्फ पुरुषोत्तम अधिकारी र सबिन श्रेष्ठ निर्विरोध भएका छन् । तीनजना महिला सदस्यको लागि चार जनाले उम्मेद्धवारी दर्ता गराएका छन् । महिला सदस्यमा ज्ञानुमाया गिरी, मनिषा सापकोटा, सुजना खतिवडा र नानु गुरुङको उमेदवारी परेको छ । 

संघको नयाँ कार्यसमिति चयनको लागि ९ गते मतदान हुने कार्यक्रम रहेको छ । साधारणसभा तथा अधिबेशन कार्यक्रमको उद्घाटन शुक्रवार हुँदैछ । 


No comments:

Post a Comment