गृहपृष्ठ

Monday, March 13, 2023

स्ववियु् निर्वाचन : नेविसंघका दाहालको नेतृत्वमा गठबन्धनका विद्यार्थी संगठनको उमेदवारी

नुवाकोट, २८ फागुन ।

जिल्लाको सवैभन्दा पूरानो र धेरै विद्यार्थी रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका सरगर्मी बढेको छ । चैत्र ५ गते हुन गईरहेको  स्ववीयु निर्वाचनमा नेपाल विद्यार्थी संघ सहितको तीन विद्यार्थी संगठनले गठबन्धन गरेका छन् । गठबन्धनका तर्फबाट नेविसंघका रविन दाहालको नेतृत्वमा उमेदवारी दर्ता भएको छ । 

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका दाहालको नेतृत्व रहेको समु्हको सचिवमा नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका राजेन्द्र पनेरु र कोषाध्यक्षमा एकिकृत समाजबादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववीयुका मनोज पौडेलको उमेदवारी रहेको छ । यस्तै प्रत्यक्षतर्फको सदस्यहरुमा नेविसंघको तर्फबाट अश्विन रिमाल, सन्तोष पन्त र सुप्रिया पौडेल रहेका छन् । क्रान्तिकारीको तर्फबाट अस्मिता पौडेल र जनक भट्ट रहेका छन् । त्यस्तै अनेरास्ववीयुबाट संजिता रिमाल र प्रदिप ढुङगाना रहेका छन् ।

केन्द्रमा राष्ट्रपति निर्वाचनसँगै सत्ता गठबन्धन फेरिएपछि त्यसको प्रभाव स्ववियु निर्वाचनमा परेको हो । देशभरका क्याम्पसहरुमा नेपाली कांग्रेसनिकट नेविसंघ, माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारी र एकिकृत समाजवादी निकटको विद्यार्थी संगठन अनेरास्ववीयुले गठबन्धन गरेर चुनाव लड्दै छन् ।  नुवाकोट क्याम्पसका विद्यार्थी संगठनहरुविच भएको सहमती अनुसार १९ सदस्यीय कार्यसमितिको प्रत्यक्षतर्फका १० सिटमा गठबन्धन गर्ने निर्णय भएको हो । करिव १२ वर्षपछि यस क्याम्पस सहित देशैभरका क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो । स्ववियु निर्वाचनमा पहिलो पटक प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचन हुँदैछ । नुवाकोट क्याम्पसमा कुल एक हजार एकसय ४३ जना विद्यार्थी मतदाता रहेका छन् ।


त्रिविले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको थियो । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्ले गत पुस २२ गते आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । कार्यतालिका अनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घ÷सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको थियो । यस्तै कार्यतालिका अनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।स्ववियु निर्वाचनको प्रचार–प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको छ । त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् । निर्वाचनका लागि त्रिविले माघ २२ गते नै स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको छ । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।

स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ । निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ । त्रिविमा स्ववियु निर्वाचन विसं २०१८÷१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो । २०३० सालसम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुँदै आएकामा विसं २०३६ देखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुँदै आएको थियो । त्रिविमा विसं २०७३ देखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन भएको थियो । विसं २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो ।प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशकदेखि हुनसकेको छैन । प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । २०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो ।


No comments:

Post a Comment