Saturday, February 11, 2023

सप्ताह ज्ञानमहाज्ञको आज छैठौं दिन

नुवाकोट, २८ माघ । 

नुवाकोटको पञ्चकन्या गाँउपालिका र तादी गाँउपालिकाको संगमस्थल दोर्खु तादी दोभानमा आयोजित सप्ताह ज्ञानमहायज्ञ जारी रहेको छ । हेमवतेश्वर महादेव महाकाली मन्दिर निर्माण गर्ने उद्येश्यले यहाँ सप्ताह ज्ञानमहायज्ञ लगाईएको हो । 

मन्दिर निर्माण तथा यस क्षेत्रका नागरिकको समस्त पितृ उद्धार गर्ने उद्देश्यले बालब्यास ज्योतिष पण्डित शंकरप्रसाद खनालवाट सप्ताह ज्ञानमहायज्ञमा भागवत प्रवचन तथा कथा वाचन भईरहेको छ । यस क्षेत्रमा रहेका विभिन्न धार्मिक स्थलहरु कपिलेश्वर, व्रम्हेश्वर, राक्षेश्वर, नाट्यश्वरी लगायतका स्थानहरुको धार्मिक महत्वको प्रचारप्रसार गर्न सप्ताह आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद मिश्रले जानकारी दिए । हाल प्रचलनमा रहेको ‘तादी’ नदिलाई हेमवत खण्डमा ‘हेमवती’ नाम रहेको र यस क्षेत्रको अलग्गै धार्मिक महत्व रहेकोले सप्ताह मार्फत त्यसलाई उजागर गर्न खोजिएको अध्यक्ष मिश्रले जानकारी दिए । सप्ताह ज्ञानमहायज्ञको क्रममा जिल्लाको पुर्वि क्षेत्रका विभिन्न स्थानबाट स्थल सम्म कलश यात्रा गरिएको थियो । सप्ताह ज्ञानमहायज्ञको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता एवं संघिय सांसद डा. प्रकाशशरण महत लगायत विभिन्न राजनीतिक दलका नेता, स्थानीय समाजसेवी र स्थानीय नागरिकको उपस्थिती रहेको थियो । 


सप्ताह ज्ञानमहायज्ञमा हरेक दिन विहान ७ बजेदेखि ८ वजेसम्म नित्य पुजा, ८ बजे देखि १२ बजेसम्म पाठपारायण, १२ बजेदेदि ५ बजेसम्म कथा प्रवचन र ५ बजेदेखि ६ बजेसम्म आरती तथा प्रसाद वितरण भईरहेको छ । सप्ताह ज्ञानमहायज्ञको अन्तिम दिन फागुन १ गते तिलार्पण सहित समापन हुने आयोजक समितिका संयोजक मिश्रले जानकारी दिए । धाम तथा मन्दिर निर्माणको उद्येश्यले सप्ताह ज्ञानमहायज्ञ आयोजना भएकोले दाताहरुलाई विशेष सम्मान समेत गरिदै आएको मिश्रले जानकारी दिए । 


No comments:

Post a Comment