Sunday, February 12, 2023

किस्पाङको स्वास्थ्य शिविरबाट २ सयजनाभन्दा बढि लाभान्वित

नुवाकोट, २९ माघ ।

नुवाकोटको किस्पाङ ३ काहुलेमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । श्रीकृष्ण प्रणामि युवा परिषद नुवाकोट जिल्ला शाखाको आयोजना तथा किस्पाङ गाउँपालिका वडा नं ३ को समन्वयमा काउले स्वास्थ्य चौकी किस्पाङ ३ काउलेमा शिविर सम्पन्न भएको हो । 

शिविरमा एमडिजिपि डा.दिपेन्द्र तिमल्सिना , मेडिकल अधिकृत एमबिबिएस डा लक्ष्मेश्वर महरा तथा ल्याब टेक्निसियन लक्ष्मी भट्ट लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीले स्थानीयको स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा २ सय जनाभन्दा बढि स्थानीय नागरिकले निशुल्क स्वास्थ्य परिक्षण र औषधि सेवा दिईएको श्रीकृष्ण प्रणामि युवा परिषद नुवाकोट जिल्ला शाखाका अध्यक्ष दिपक तिमल्सिनाले जानकारी दिए । 


शिविर उद्घाटन कार्यक्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष अर्जुन न्यौपानेले ग्रामिण भेगका नागरिकलाई स्वास्थ्य सेवा दिन शिविर आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिएका छन् । सामाजिक सेवाको भावनाले आयोजना हुने यस्ता कार्यक्रमले स्थानीय नागरिकलाई राहत मिलेको उनले बताए । कार्यक्रममा किस्पाङ ३ का वडाध्यक्ष सुरेन्द्र तामाङले युवाहरु संगठित भएर सामाजिक कार्यमा जुट्नु उदाहरणीय रहेको बताए ।

श्रीकृष्ण प्रणामि युवा परिषद नुवाकोट जिल्ला शाखाले यसअघि पनि जिल्लाका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर लगायत सामाजिक कार्य गर्दै आएको परिषदका सचिव विकास ढकालले वताए ।  


No comments:

Post a Comment